शनिवार, माघ २४ २०७७
नेपाल वाइड
कैलाली । माघ २४, कैलालीको जानकी गाउँपालिका– ९ पूर्वी खैरीफाँटामा आज माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य दुई घाईते भएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेका अनुसार मृत्यु हुनेमा सोही ठाउँका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको छ । सोही घटनामा परेर काजल विक र अञ्जु जैगढी घाईते भएका छन । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।