Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    ओस्कर विजेता क्रिस्टोफर प्लमरको ९१ वर्षको उमेरमा निधन

    ओस्कर विजेता क्रिस्टोफर प्लमरको ९१ वर्षको उमेरमा निधन


    • आइतवार, माघ २५ २०७७

    • नेपाल वाइड


    ओस्कर विजेता क्रिस्टोफर प्लमरको ९१ वर्षको उमेरमा निधन

    चर्चित हलिउड अभिनेता क्रिस्टोफर प्लमरको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् २०१२ मा ओस्कर अवार्ड जितेका प्लमर यो अवार्ड जित्ने सबैभन्दा अग्रज कलाकार बनेका थिए । यसका साथै उनले अन्य थुप्रै अवार्ड पनि जितिसकेका छन् । प्लमरका पुरानो साथी र म्यानजर पनि रहेका लोऊ पिटले अभिनेताको निधनबारे पुष्टि गरेका हुन् ।

    उनको शुक्रबार निधन भएको हो । दिग्गज अभिनेता प्लमरको निधनको खबरमा धेरै हलिउड सेलिब्रेटीहरुले शोक व्यक्त गरेका छन् । अभिनयको ६० वर्षभन्दा लामो करियरमा उनले कैयौं स्टेज शो, टीभी शो र चलचित्रहरुमा काम गरेका छन् । यीमध्ये उनको यादगार चलचित्रमा ‘द साउन्ड अफ म्युजिक’ शीर्ष स्थानमा आउँछ ।

    प्लमरसँग यही चलचित्रमा काम गरेकी अभिनेत्री जुली ऐंड्रयुजले उनको निधनले संसारले एक पूर्ण अभिनेता गुमाएको भन्दै लेखेकी छिन् । उनी लेख्छिन्, “संसारले आज एक पूर्ण अभिनेता गुमाएको छ र मैले एक अनमोल साथी ।

    मसँग हामीले सँगै काम गरेका दिनको सम्झनाको खजाना छ र यी वर्षहरुमा हामीले धेरै रमाइलो गर्‍यौं ।” साथै अन्य सेलिब्रिटीहरुले पनि उनीसँग काम गरेको दिन सम्झिँदै उनको निधनमा सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । नवभारत टाइम्स

    सम्बन्धित समाचार