Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सञ्चार

    टेलिभिजन सो ‘ऐना’ मा विश्वप्रकाश

    टेलिभिजन सो ‘ऐना’ मा विश्वप्रकाश


    • आइतवार, माघ २५ २०७७

    • नेपाल वाइड


    टेलिभिजन  सो ‘ऐना’ मा विश्वप्रकाश
    टेलिभिजन सो ‘ऐना’

    आम जनमानसले चिन्ने विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता हुन । नयाँ पुस्ताले विश्वप्रकाश शर्मालाई एक नेताको परिचयबाट चिन्ने गरेका छन् । तर उनको सन्चार माध्यमसंगको परिचय धेरैलाई थाहा नहुन सक्छ । बिगत हेर्ने हो भने शर्माको संचारजगतसंग निकै घनिष्ट सम्बन्ध रहेको छ । सम्पादक भएर शर्माले रेडियो नेपालको लोकप्रिय कार्यक्रम ‘घटना र विचार’ सञ्चालन गरिसकेका छन ।

    उनको साहित्य तर्फको रुझानले उनलाई कवि, गीतकार, कथाकार र संगीतकारको रुपमा पनि परिचित गराउँछ । शर्माले लकडाउनकै समयमा गीत लेखे, संगीत भरे र रेकर्ड गराएर सार्वजनिक गरे । शर्मा यतिमै मात्र सिमित रहेनन । हाल आएर शर्माले आफुलाई टेलिभिजन प्रस्तोताको नयाँ परिचयका साथ देखा पर्दैछन ।

    शर्मा कान्तिपुर टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम ‘ऐना’ को प्रस्तोताको रुपमा देखापरेका छन । कार्यक्रम ‘ऐना’ देशका सामाजिक र मानवीय मुद्दामा केन्द्रीत रहेर बनाइएको एक टेलिभिजन कार्यक्रम हो, जसमा ‘ऐना’ टिमले शर्मालाई प्रस्तोता बनाएको छ । ‘ऐना’ को बारेमा शर्मा भन्छन “यो कांग्रेस प्रवक्ताले चलाउने कार्यक्रम होइन ।

    यसमा राजनीतिक रंग हुन्न, म प्रस्तोता हुँ”। उनका अनुसार यो राजनीतिलाई नै घचघच्याउने एक कार्यक्रम हो । अमनप्रताप अधिकारीद्वारा निर्देशीत यस कार्यक्रममा प्रकाश लामिछाने विषय खोजी कार्यमा छन भने स्क्रिप्ट राइटर आन्विका गिरी रहेकी छिन । त्यस्तै अनुसन्धान टिममा भानु बोखिम, महावीर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन ।

    दि होराइजन मल्टी मिडियाद्वारा निर्मित कार्यक्रमको प्रमुख राधाकृष्ण धिताल र निर्माता जनक पौडेल हुन् । कसरी र किन बन्यो ऐना रु आमिर खानको प्रस्तुती रहेको ‘सत्यमेव जयते’ बाट प्रभावित पक्कै पनि छ ‘ऐना’ । प्रभावकारी रहेको उक्त कार्यक्रमले समाजका लुकेका यस्ता पाटाहरु उजागर गरेको थियो जसले गर्दा उठाइएका विषयहरु माथी सान्दर्भिक कानुनी बहस पनि चलेको थियो ।

    सोही टिमसँग भारतमा रहँदा समय बिताएका राधाकृष्ण धिताललाई पनि सोही अनुरुपको कार्यक्रम नेपालमा पनि आवश्यक रहेको महशुस भएपछी ‘ऐना’को नेपाली अवधारणा तयार भएको हो । ऐनाको काम भनेको अगाडी रहेको सत्य परावर्तन गर्ने हो । सोही अवधारणाका बिच समाजको परावर्तन दर्शाउन, समाजमै रहेका तर नागरिक बिच लुकेका, दबाइएका र उपेक्षित विषय उठान गर्ने जमर्को गरेको छ यस कार्यक्रमले ।

    हालका समय रियालिटी शोहरु प्रती नेपाली जनमानसको झुकाव रहेको बेला ऐनालाई पनि केहि हदसम्म दर्शकहरुको चाहना अनुरुप ढालिएको छ । ऐनालाई लिएर सबैभन्दा धेरै सोधिएको प्रश्न कार्यक्रमको अवधारणा भन्दा पनि प्रस्तोता विश्वप्रकाश शर्मालाई लिएर हो । यसमा धिताल भन्छन “नयाँ पुस्ता माझ विश्व प्रकाश राजनीतिज्ञ होईन, पुराना पुस्तामाझ उनि राजनीतिज्ञका साथै संचारकर्मी पनि हुन ।

    यसै खाडललाई जोड्न पुलको काम गर्न सक्ने विश्वासले गर्दा नै, शर्मा हाल प्रस्तोताको रुपमा अगाडी हुनुहुन्छ । यदी वहाँ आफैलाई इच्छा नभएको भए पनि उहाँ शायद यसमा जोडिनु हुन्नथ्यो होला ।”

    सम्बन्धित समाचार