Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मोरङमा १० लाख बराबरको प्रतिबन्धित औषधि बरामद

    मोरङमा १० लाख बराबरको प्रतिबन्धित औषधि बरामद


    • सोमवार, माघ २६ २०७७

    • नेपाल वाइड


    मोरङमा १० लाख बराबरको प्रतिबन्धित औषधि बरामद
    फायल तस्बिर

    काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका ५, मुनालपथबाट १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु प्रहरीले बरामद गरेको छ । सोही महानगरपालिका १०, न्युरो अस्पताल पछाडि राजेन्द्र साहको घरमा अबैध औषधी भण्डार गरेको अवस्थामा उक्त औषधि बरामद गरिएको हो ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्दा घरमा भण्डार गरी राखेको अवस्थामा उक्त औषधिहरु फेला पारी बरामद गरेको हो । साथै अनुसन्धानका लागि उक्त औषधि रेखदेख गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार