Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ

    नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ


    • सोमवार, माघ २६ २०७७

    • नेपाल वाइड


    नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ
    प्रतिकात्मक तस्बिर

    पर्सा । प्रहरीले नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । १ लाख ९३ हजार नेपाली रुपैयाँ बराबरको नक्कली नोटसहित रक्सौल निवासी २२ वर्षीय अमनदीपकुमार सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उनको साथबाट नक्कली रकम बरामद गरिएको छ ।

    उनको साथबाट तीन ग्राम लागूऔषध खैरो हिरोइनसमेत बरामद भएको उनले बताए । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले आइतबार राति करिब साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका– १३ राधेमाईस्थित सडकखण्डमा बी.आर ०५ एम ६०९७ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा नक्कली रुपैयाँ फेला परेको प्रहरीले जनाएको हो । मोटरसाइकलको भाइजरभित्र लुकाएर राखिएको अवस्थामा एक हजार दरको एक सय ९३ थान नेपाली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार