Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा नटुङ्गिदै आयोग निर्वाचनको तयारी गर्दै

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा नटुङ्गिदै आयोग निर्वाचनको तयारी गर्दै


    • सोमवार, माघ २६ २०७७

    • नेपाल वाइड


    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा नटुङ्गिदै आयोग निर्वाचनको तयारी गर्दै
    फायल तस्बिर

    काठमाण्डौ । माघ २६, प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै वेला निर्वाचन आयोगले १७ र २७ वैशाखका लागि घोषित चुनावको प्रक्रिया अघि बढाएको छ । आयोगले निर्वाचन कार्यतालिका, दल दर्ता र आचारसंहिता प्रकाशनको तयारी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार केही दिनभित्रै निर्वाचन कार्यतालिका, दल दर्ता र आचार संहिता प्रकाशन हुँदैछ ।

    “घोषित मितिमा नै निर्वाचन गर्ने गरी हामीले तयारी अघि बढाएका छौं । निर्वाचन नहोला कि भन्ने अवस्था छैन,” श्रेष्ठले भने, “घोषणा भएको समयदेखि नै हामीले निर्वाचनको तयारी शुरु गरिरहेका छौं ।” निर्वाचन तयारीका लागि मिति घोषणा भएको दिनदेखि १२० दिन चाहिने उनी बताउँछन् । अब आचारसंहिता स्वीकृत गरेर कार्यान्वयन गर्ने चरणमा रहेको पनि उनले जानकारी दिए ।

    आयोगले निर्वाचन सामग्री जुटाउन पनि शुरु गरिसकेको छ । श्रेष्ठका अनसार प्रचारप्रसारका साथै मतदान केन्द्रमा प्रयोग हुने स्वस्तिक छाप, मतपेटिका, सिगो, धागोसहित ५७ प्रकारका समाग्री व्यवस्थापनका लागि आयोगले तयारी थालेको छ । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि अनुसार ७७ वटै जिल्लामा मतदान केन्द्रको टुंगो लगाइसकेको छ । आयोगले मतदान केन्द्र टुंग्याउन २१ पुसदेखि १७ माघसम्मको समय तोकेको थियो । 

    त्यसैगरी मतदाता नामावलीअध्यावधिक पनि भइरहेको छ । मंसिर २०७६ पछि संकलन भएका नामावली स्थानीय तहसम्म पुर्‍याएर दाबी विरोधसहित अध्यावधिक गर्ने काम जिल्ला निर्वाचन कार्यालयहरुले गरिसकेका छन् । अध्यावधिक गरिएका नामावली आयोगमा पठाउन २ फागुनसम्मको मिति तोकिएको छ । निर्वाचनका लागि राजनीतिक दललाई प्रचारप्रसारका लागि छोटो समय दिने आयोगको तयारी छ ।

    सम्बन्धित समाचार