मंगलवार, माघ २७ २०७७
नेपाल वाइड
खोटाङ । किरात राई चाम्लिङ खाम्वातिमको नगरस्तरिय आयोजक समिति गठन गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढि नगरपालिका अन्तर्गत ध्यान बहादुर राईको संयोजकत्वमा ७ सदस्यीय नगरसम्मेलन आयोजक समिती गठन गरिएको हो । नगरस्तरीय सम्मेलन आयोजक समितिको सचिबमा सरिता राई सदस्यहरु किसन कुमार राई, खड्ग बहादुर राई, सप्तमनी राई, मनिराज राई र सपना राई रहनुभएको छ ।
किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युबराज राइको प्रमुख आतिथ्यता एबम् जिल्ला समन्वय समिती खोटाङका प्रमुख बबि चाम्लिङ र नेपाल सरकारका पुर्ब सचिब झुम प्रसाद राई, किरात राई यायोक्खा खोटाङका सचिब युगसन किरात कोषाध्यक्ष खड्ग बहादुर राईलगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।
चाम्लिङ राई खाम्बातिमका जिल्ला अध्यक्ष रामधन राइको अध्यक्षतामा सोमबार नगरस्तरीय सम्मेलन आयोजक समिति गठन गरिएको हो । आयोजक समितिले आगामी फागुनभित्रमा नगरसम्मेलन सम्पन्न गर्ने किराँत राई आयोख्खा खोटाङले जनाएको छ ।