Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वार्गिय मिलन राईप्रति हार्दिक श्रदासुमन !!

    सडक दुर्घट्नामा ज्यान गुमाएका विद्यार्थी नेता ‘मिलन’को सम्झनामा दिप प्रज्वलन

    सडक दुर्घट्नामा ज्यान गुमाएका विद्यार्थी नेता ‘मिलन’को सम्झनामा दिप प्रज्वलन

    अक्षयकोषका लागि पत्रकार हरिबोल आचार्यद्धारा ५० हजार प्रदान गर्ने घोषणा

    • बिहिवार, माघ २९ २०७७

    • नेपाल वाइड


    सडक दुर्घट्नामा ज्यान गुमाएका विद्यार्थी नेता ‘मिलन’को सम्झनामा दिप प्रज्वलन
    मिलन राईको स्मृति दिवसमा गरिएको दिप प्रज्वलन

    खोटाङ । माघ २९, सडक दुर्घट्नामा ज्यान गुमाएका खोटाङका विद्यार्थी नेता मिलन राईको सम्झनामा दिप प्रज्वलन गरिएको छ । २०७३ साल माघ २५ गते भक्तपुरमा भएको मोटरबाईक दुर्घटनाका कारण ज्यान गुमाएका रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका बिद्यार्थी नेता राईको स्मृति दिवसमा दिप प्रज्वलन गरिएको हो ।

    मिलन राई स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार किरात माङखिम सानोहात्तीवन ललितपुरमा दिप प्रज्वलन गर्दै मृतक राईको सम्झना गरिएको हो । चौथो स्मृति दिवस कार्यक्रममा विघटित संविधानसभा सदस्य बिशाल भङराई, नेकपा खोटाङ (ओली समुह)का नेता राम दंगाल लगायतका नेता तथा शुभेच्छुकले दिप प्रज्वलन गरेका थिए ।

    तत्कालिन अनेरास्वबियुका केन्द्रीय सदस्य एबं अनेरास्वबियुको खोटाङ र सोलुखूम्बु ईन्चार्जकोकारुपमा कार्यरत राईको सडक दुर्घटनामा परेको तीन दिनपछि ट्रमा सेन्टरमा उपचारकाक्रममा २०७३ साल माघ २७ गते मृत्यु भएको थियो । सांगठनिक कामको सिलसिलामा राजधानी काठ्माण्डौंबाट दिक्तेल आउनेक्रममा उनी मोटरबाईक दुर्घटनामा परेका थिए ।

    भक्तपुरमा सडकको डिभाईडरमा बाईकसँगै ठोक्किएर गम्भीर घाईते भएपछि उनलाई ट्रमा सेन्टर पुर्‍याइएको थियो । बिहान ४ बजेपछि हिँडेको केही समयपछि नै उनी दुर्घटनामा परेका थिए । सानो उमेरमै पार्टीभित्र कुशल संगठक, जुझारु र ईमान्दार व्यक्तीको परिचय बनाएका राईको राईको स्मृतिमा उनकै समाधिस्थलमा ‘मिलन राई स्मृतिपार्क’ निर्माणको काम सुरु भइसकेको छ । छोटो समयमा नै लोकप्रियता कमाउन सफल बिद्यार्थी नेता राईको बिकास सम्बन्धी सपना र योजनालाई पूरा गर्ने लक्ष्यका साथ उनकै दाई पदम थुलुङको अध्यक्षतामा ९ सदस्यीय प्रतिष्ठान स्थापना गरिएको छ ।

    यसैबीच, स्वर्गीय नेता मिलन राईको स्मृतिमा स्थापना गर्न लागिएको अक्षयकोषका लागि पत्रकार हरिबोल आचार्यले ५० हजार प्रदान गर्ने घोषणा गरेका छन् । मिलन राई स्मृति प्रतिष्ठानले स्थापना गर्न लागेको १० लाखको स्वर्गीय मिलन राई स्मृति अक्षय कोषका लागि हलेसी न्यूज नेटवर्क प्रालि खोटाङका सञ्चालक आचार्यले सहयोग गर्ने घोषणा गरेका हुन् ।

    वार्षिकरुपमा आउने व्याजबाट जिल्लाका सामुदायीक विद्यालयबाट सबैभन्दा बढि अंक ल्याएर एसइई उत्तिर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने लक्ष्यका साथ अक्षयकोष स्थापनाको तयारी गरिएको हो । कोषका लागि हालसम्म एक लाख बढि रकम जम्मा भइसकेको मिलन राई स्मृति प्रतिष्ठानका अध्यक्ष थुलुङले बताए ।

    सम्बन्धित समाचार