Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    उद्यम

    सीपमुलक तथा उद्यमशिलता विकास सम्वन्धी प्रशिक्षकको रोस्टर बनाउँदै केपीलासगढी गाउँपालिका

    सीपमुलक तथा उद्यमशिलता विकास सम्वन्धी प्रशिक्षकको रोस्टर बनाउँदै केपीलासगढी गाउँपालिका


    • बिहिवार, माघ २९ २०७७

    • नेपाल वाइड


    सीपमुलक तथा उद्यमशिलता विकास सम्वन्धी प्रशिक्षकको रोस्टर बनाउँदै केपीलासगढी गाउँपालिका
    केपीलासगढी गाउँपालिका

    खोटाङ । माघ २९, खोटाङको केपीलासगढी गाउँपालिकाले विभिन्न विषयका सीपमुलक तथा उद्यमशिलता विकास सम्वन्धी तालिमकाक्रममा आवश्यक पर्ने प्रशिक्षकको सूची (रोस्टर) निर्माणको तयारी थालेको छ । गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम (मेडपा) अन्तरगतका विभिन्न तालिम सञ्चालनकाक्रममा आवश्यक प्रशिक्षकको व्यवस्थाका लागि गाउँपालिकाले रोष्टर निर्माणको तयारी थालेको हो ।

    बंगुर पालन तालिम, बाख्रा पालन तालिम, मोटरसाईकल मर्मत तालिम, कपाल कटाई (सैलुन) तालिम र ढाका बुनाई तालिम सम्वन्धी प्रशिक्षकको सूची तयार पार्नका लागि गाउँपालिकाले इच्छुक व्यक्तीबाट दरखास्त आव्हान गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तरगत नयाँ लघु उद्यमी उत्पादन गर्ने तथा भएका लघु उद्यमीको प्रवद्र्धनका लागि तालिम सञ्चालनकाक्रममा चाहिने दक्ष प्रशिक्षकको व्यवस्थाका लागि रोष्टर बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए ।

    गाउँपालिकाले प्रशिक्षकका लागि सम्वन्धित विषयमा स्नातक उत्तिर्ण गरी सम्वन्धीत विषयमा प्रशिक्षणको तालिम लिएको वा सम्वधित विषयमा सीप तह–३ उत्तिर्ण गरेको तथा सहायक प्रशिक्षकका लागि सम्वन्धीत विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्वन्धीत विषयमा शिक्षण प्रशिक्षणको तालिम लिएका वा सम्वन्धीत विषयमा सीप तह–२ उत्तिर्ण गरेको व्यक्तीबाट आवेदन आव्हान गरेको छ ।

    विभिन्न विषयका सीपमुलक तथा उद्यमशिलता विकास तालिम सञ्चालनका क्रममा अन्यत्रबाट प्रशिक्षक खोज्नुपर्ने वाध्यता अन्त्या गर्दै चाहेको बेला तत्काल प्रशिक्षक उपलव्ध गराउनका लागि रोष्टर निर्माणको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए ।

    सम्बन्धित समाचार