शुक्रवार, माघ ३० २०७७
नेपाल वाइड
काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५७औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको ईतिहास विदहरु बताउछन । तामाङ समुदायका प्रत्येक घर घरमा आज नयाँ छेलुङदार अथवा दर्जु राख्ने प्रचलन रहेको छ । लामाद्धारा विशेष पुजा गरेर दर्जु राखिन्छ । आफन्तजनसँगको भेटघाट गरि शुभकामना आदान प्रदान गर्दै ल्होछार पर्व मनाउने चलन रहेको छ । ल्होछार पर्वमा बिभिन्न किसिम्का परिकार बनाएर खाने गरिन्छ ।
आफन्तजनसँगको भेटघाटका साथै बिभिन्न परिकारसहित ल्होछार पर्व मनाउने चलन रहेको छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशकासाथै देशभर ल्होछार पर्व विशेष रुपमा मनाइन्छ । यस वर्ष शुक्रबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।