Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खोटाङ यातायात प्रालिको साधारणसभा

    पत्रकार दमन राईलाई यातायात पत्रकारिता पुरस्कार

    पत्रकार दमन राईलाई यातायात पत्रकारिता पुरस्कार

    अग्नी पिडित यातायात व्यवसायीलाई आर्थिक सहयोग

    • शुक्रवार, माघ ३० २०७७

    • नेपाल वाइड


    पत्रकार दमन राईलाई यातायात पत्रकारिता पुरस्कार
    पत्रकार दमन राईलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल

    खोटाङ । माघ ३०, खोटाङ यातायात प्रालिले पत्रकार दमन राईलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सडक यात्रा गर्ने यात्रु तथा यातायात व्यवसायीको हितमा कलम चलाइरहेको भन्दै खोटाङ यातायात प्रालिले पत्रकार राईलाई ५ हजार राशीको पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समितिको समिक्षालय हलमा शुक्रबार भएको दोश्रो वार्षिक साधारणसभाको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले पत्रकार राईलाई चेक र प्रशंसा–पत्रका साथमा मायाँको चिनो हस्तान्तरण गरेका छन् ।

    जिल्लामा रहेर यातायात क्षेत्रका विषयमा तथा यात्रु र व्यवसायीका हितमा निष्पक्ष, ईमान्दार र भरपर्दो कलम चलाइरहेको भन्दै पत्रकार राईलाई पुरस्कृत गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । प्रालिले आफ्नो साधारणसभा तथा अधिबेसनको अवशरमा जिल्लाका एक जना पत्रकारलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गर्दैआएको छ । ‘खोटाङको लगानी, खोटाङकै यात्रा, सुरक्षित यात्राको हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित भएको साधारणसभा तथा दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतनामुलक प्रशिक्षण उद्घाटन समारोहमा खोटाङ यातायात प्रालिले अग्रज पत्रकार कृष्ण आचार्यलाई पनि सम्मान गरेको छ ।

    पत्रकार आचार्यलाई नेपाल सार्वजनिक यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष एबं प्रालिका निवर्तमान अध्यक्ष गणेशबिक्रम शाहीले सम्मान–पत्र र मायाँको चिनो सहित सम्मान गरेका हुन् ।कार्यक्रममा प्रालिका निवर्तमान अध्यक्ष एबं नेपाल सार्वजनिक यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष शाहीलाई दोसल्ला ओढाएर सम्मान–पत्र र मायाँको चिनो सहित सम्मान गरिएको छ । प्रालिका प्रमुख सल्लाहकार बुद्धिबिनोद लुईटेल, निवर्तमान अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, बसका उत्कृष्ट चालक बाबुराम थापा मगर र जीपका उत्कृष्ट चालक प्रकाश तामाङलाई सम्मान गरिएको छ ।

    यस्तै, जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरिया, काउण्टरका कर्मचारी अमिर अधिकारी, सुर्यकुमार हिङमाङ र सन्तोष बस्नेत, प्रालिका पुर्व उपाध्यक्ष भीम राई, पुर्व कोषाध्यक्ष सन्तोषबाबु आचार्य र पुर्वसदस्य दानबहादुर श्रेष्ठलाई पनि सम्मान गरेको छ । उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजाल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेकपाका नेता संगीन राई, चर्चबहादुर बिश्वकर्मा, कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य, जनता समाजवादीका नेता टंक थापा, उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई लगायतले सम्मान–पत्रका साथमा मायाँको चिनो प्रदान गरेका थिए ।

    अग्नी पिडित यातायात व्यवसायीलाई आर्थिक सहयोग

    नेपाल सार्वजनिक यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष एवं खोटाङ यातायात प्रालिका निवर्तमान अध्यक्ष गणेशबिक्रम शाहीले अग्नी पिडित यातायात व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । गत साउन ७ गते विद्युत सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई शाहीले प्रालिको साधारणसभाको अवशरमा नगद १० हजार सहयोग गरेका हुन् । अग्नी पिडित कट्वाल प्रालिका कोषाध्यक्ष हुन् । आगलागीबाट कट्वालको करीव ४० लाख बराबरको क्षति भएको थियो ।

    प्रालिको अध्यक्षमा टेकेन्द्र

    खोटाङ यातायात प्रालिको साधारणसभाले कार्यबाहक अध्यक्ष टेकेन्द्र राईलाई अध्यक्षमा चुनेको छ । निवर्तमान अध्यक्ष शाहीले राजीनामा दिएपछि रिक्त रहेको पदमा कार्यबाहक अध्यक्ष राईलाई अध्यक्ष बनाएको हो । यस्तै, बरिष्ठ उपाध्यक्षमा फडिन्द्र राई र अर्का उपाध्यक्षमा शंकर कार्कीलाई चयन गरेको छ । महासचिव र कोषाध्यक्ष भने यथावत रहेको प्रालिले जनाएको छ ।

    सम्बन्धित समाचार