Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मित्रवत सम्वन्ध

    खोटाङको हलेसी तुवाचुङ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबिच भगिनी सम्वन्ध कायम

    खोटाङको हलेसी तुवाचुङ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबिच भगिनी सम्वन्ध कायम

    ६ बुदे सम्झौता–पत्रमा हस्ताक्षर गर्दै भगिनी सम्वन्ध स्थापित

    • शुक्रवार, माघ ३० २०७७

    • नेपाल वाइड


    खोटाङको हलेसी तुवाचुङ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबिच भगिनी सम्वन्ध कायम
    भगिनी सम्वन्ध कायम गर्नेक्रममा आपसमा सम्झौता–पत्र हस्तान्तरण गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र पनौती नगरपालिकाका मेयर भिम न्यौपाने

    खोटाङ । माघ ३०, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबिचमा भगिनी सम्वन्ध कायम भएको छ । २०७६ साल साउन १९ गते काठ्माण्डौंको दक्षिणकाली नगरपालिकासँग भगिनी सम्वन्ध कायम राखेको हलेसी तुवाचुङ नगनरपालिकाले पुःन पनौती नगरपालिकासँग भगिनी सम्वन्ध गाँसेको हो ।

    आ–आफ्नो क्षेत्रमा भएका नमूना कार्यको सिकाई आदान–प्रदान गरी मित्रवत रुपमा संस्थागत क्षमता अभिबृद्धिका साथै पारस्पारिक लाभ प्राप्त गर्ने लक्ष्यका साथ शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र पनौती नगरपालिकाका मेयर भिम न्यौपानेबिचमा ६ बुदे सम्झौता–पत्रमा हस्ताक्षर गर्दै भगिनी सम्वन्ध स्थापित गरिएको हो ।

    दुई नगरपालिकाका क्रियाकलाप र गतिविधिमा द्धिपक्षीय सम्बन्धलाई बढावा दिएर नमूना कार्यको सिकाई आदान–प्रदान गर्दै संस्थागत क्षमता अभिबृद्धिका साथै पारस्पारिक लाभ प्राप्त गर्न मित्रवत सम्वन्ध अभिबृद्धि गर्ने उद्धेश्यले रणनीतिक सम्वन्धको संयुक्त घोषणा पत्रको सिद्धान्तमा आधारित रही साझा समझदारीको बुँदा अनुसार सम्वन्ध कायम गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताए । नेपालको संविधान २०७२ को अनुसूची ८ को १२ बुँदा तथा स्थानीय सकार सञ्चालन ऐन २०७४ को दफा ११ ठ (४) अनुशार दुई स्थानीय तहबीचमा भगिनी सम्वन्ध कायम गरिएको हो ।

    दुई नगरपालिकाबिचमा दुबै पक्षले आफ्नो परिधि तथा नियम कानूनमा रही धर्म, सँस्कृति, पर्यटन लगायतका सफलतम नमूना कार्यको सिकाई आदान प्रदान गरी संस्थागत क्षमता अभिबृद्धिका साथ पारस्परिक लाभ प्राप्त गर्न प्रयत्नरत रहने, सान्दर्भिक सूचना आदान–प्रदान गरी निकट सम्वन्ध कायम राखी साझा कुरामा समन्वय गर्न क्रियासिल रहने, स्थानीय सरकारका जिम्मेवारीहरु व्यवस्थापन सम्वन्धमा आवश्यक नीति, कानून, कार्यविधि, मापदण्डको तर्जुमा कार्यान्वयन तथा सामयिक परिमार्जनमा एकरुपता कायम गर्न पारस्परिक सहयोग र सहकार्य गर्न प्रयत्नरत रहने सम्झौता गरिएको छ ।

    यस्तै, दुबै नगरपालिका आ–आफ्नो क्षेत्रमा समान रुपले लागू हुने प्रकृतिका एक अर्काको अनुकरणीय कार्यको अनुभव र अभ्यासको अध्ययन र अनुसरण गर्दै सह–संवृद्धि र विकासमा आफ्ना प्रयत्नहरु केन्द्रित गर्न प्रतिबद्ध रहने, दुबै पक्ष व्यवसायिक क्षमता अभिबृद्धिका लागि सम्वन्धित नगरको उद्योग बाणिज्य संघ लगायतका निजी क्षेत्रसँगको साझेदारीमा कार्य सञ्चालन गर्न क्रियासिल रहने लगायतका समझदारी कायम गरिएको छ । सम्झौता–पत्रमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद चापागाई र पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले पनि हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित समाचार