Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    आधारभुत अस्पतालको डिपिआर तयार पार्दै ऐसेलुखर्क गाउँपालिका

    आधारभुत अस्पतालको डिपिआर तयार पार्दै ऐसेलुखर्क गाउँपालिका

    डिपिआरका लागि प्रस्ताव पेश गर्न सूचना जारी

    • शनिवार, फाल्गुण १ २०७७

    • नेपाल वाइड


    आधारभुत अस्पतालको डिपिआर तयार पार्दै ऐसेलुखर्क गाउँपालिका
    ऐसेलुखर्क गाउँपालिका आधारभुत अस्पतालको भवन शिलान्यास गरिँदै

    खोटाङ । फागुन १, खोटाङको ऐसेलुखर्क गाउँपालिका आधारभुत अस्पताल निर्माणका लागि डिपिआरको तयारीमा जुटेको छ । १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागि गाउँपालिकाले डिपिआर निर्माणको तयारी थालेको हो । अस्पतालको डिपिआर तयार पार्नका लागि गाउँपालिकाले सार्वजनिक खरिद नियमावलीको प्रावधान बमोजिम प्रस्ताव पेश गर्न इच्छुक फर्म वा कम्पनीलाई आग्रह गरेको छ ।

    १७ लाख २१ हजारमा डिपिआर तयार पार्नका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न गाउँपालिकाले माघ २२ गते सूचना जारी गरेको छ । आधारभुत अस्पतालको टोपोग्राफिकल सर्भे, इन्जिनियरिङ सर्भे, जियो टेक्नीकल, स्ट्रक्चर डिजाईन, ल्याण्डस्केप डिजाईनदेखि डिटेल स्टीमेट समेटिने डिपिआर तयार पार्नेगरी प्रस्ताव आव्हान गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो । आधारभुत अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा व्यवस्था गरेर डिपिआरको काम थालिएको हो ।

    प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार गत मंसिर १५ गते ऐसेलुखर्कमा आधारभुत अस्पतालको भवन शिलान्यास गरिएको थियो । अस्पतालका लागि स्थानीय रामकुमार बिकले ५ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएकामा ४ रोपनी जग्गा खरिद गरिएको गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले बताउनुभयो । आधारभुत अस्पताल स्थापनाका लागि नेपाल सरकारले ३ करोड २३ लाख ३० हजार बजेट निकासा दिइसकेको गाउँपालिकाले जनाएको छ ।

     

    सम्बन्धित समाचार