Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भागरथी भट्टको दोषीलाई कानुनीमा दायरामा ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

    भागरथी भट्टको दोषीलाई कानुनीमा दायरामा ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग


    • शनिवार, फाल्गुण १ २०७७

    • नेपाल वाइड


    भागरथी भट्टको दोषीलाई कानुनीमा दायरामा ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

    कैलाली । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डां डिला संग्रौला पन्तले बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको दोषीलाई कानुनीमा दायरामा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले तदारुकताका साथ उच्चस्तरीय छानबिन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्न माग गरेकी छन् ।

    शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी किशोरी भट्टको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो अनुसन्धान गरेर न्यायको कठघरामा उभ्याउन र भट्टको परिवारलाई न्याय दिलाउन सरकारसम्बद्ध सबै पक्षलाई अनुरोध गरिन् ।

    नेतृ संग्रौलाले महिला कतै सुरक्षित नभएको भन्दै अब चेलिबेटी घरबाट निस्कन पनि डराउनुपर्ने अवस्था सिर्जना भएकाले यसका विरुद्ध नागरिक समाजलगायत सम्बन्धित सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै भट्टका दोषीलाई चाँडै पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरिन् । रासस

    सम्बन्धित समाचार