Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भालुको पित्तसहित एक जना पक्राउ

    भालुको पित्तसहित एक जना पक्राउ


    • आइतवार, फाल्गुण २ २०७७

    • नेपाल वाइड


    भालुको पित्तसहित एक जना पक्राउ

    काठमाडौँ । प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको भालुको पित्तसहित सङ्खुवासभा चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाइछिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    बरामद भालुको पित्त प्रतिग्राम रु २५ हजारका दरले बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार