Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    साईनो कला केन्द्रको अध्यक्षमा पुःन श्रेष्ठ

    साईनो कला केन्द्रको अध्यक्षमा पुःन श्रेष्ठ


    • आइतवार, फाल्गुण २ २०७७

    • नेपाल वाइड


    साईनो कला केन्द्रको अध्यक्षमा पुःन श्रेष्ठ
    साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठ

    खोटाङ । फागुन २, साईनो कला केन्द्र खोटाङको अध्यक्षमा पुःन प्रमोद श्रेष्ठ चयन भएका छन् । शनिबार जिल्ला समन्वय समितिको समिक्षालय हलमा सम्पन्न भएको साधारणसभा एबं अधिबेसनले श्रेष्ठलाई पुःन अध्यक्षमा दोहोर्‍याएको हो । साईनो कला केन्द्रको निर्देशकमा यूनिक साम्पाङ, सचिवमा शुभचन्द्र राई र कोषाध्यक्षमा कुसुम आचार्य चयन भएका छन् ।

    यस्तै, भक्त बिश्वकर्मा, प्रबृत्ति राई, मोहन संग्राम, दशरथ राई, बिष्णु उपरकोटी, घनश्याम ढकाल, युवराज राई, सपिना राई र तुलसा राई सदस्य चुनिएका छन् । २०७४ साल फागुन १ गते स्थापना गरिएको कला केन्द्रले विभिन्न सांगीतिक कार्यक्रम गर्दै आफ्नो साधारणसभा एबं अधिबेसन सम्पन्न गरेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साईनो केला केन्द्रका कलाकारले नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए । सांगीतिक कार्यक्रमका कारण समिक्षालय हल खचाखच भरिएको थियो । संगीतमय साधारणसभा एबं बन्दसत्रको अवशरमा साईनो केला केन्द्रले उत्कृष्ट प्रशिक्षार्थी रिता लयालुलाई नगद पाँच हजार सहित पुरस्कृत गरेको जनाएको छ ।

    saino kala kendra_saino art center (new team) photo_khotang.jpg

    साईनो कला केन्द्रका साधारणसभा एबं अधिबेसनमा नृत्य प्रस्तुत गर्दै कलाकार

    जिल्लामा गीत, संगीत र कलाको प्रवद्र्धन एबं व्यवसायीक बिकासका लागि साईनो केला केन्द्रले दिक्तेलको भवनगैरामा आफ्नै कार्यालय बनाएर गायन, बाद्यबादन तथा नृत्य कक्षा सञ्चालन गर्दै आएको छ । गीत/संगीत वा कला सिक्नका लागि जिल्ला छाड्नुपर्ने वाध्यता अन्त्यका लागि स्थापित कला केन्द्रले डान्स सहित गिटार, हार्मोनियम, तबला, मादल, बाँसुरी, ड्रमसेट, किबोर्डलगायतका बाद्यबादन बजाउन र गायन सम्बन्धी प्रशिक्षण दिँदै आएको छ ।

    छोटो समयमै केन्द्रले यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणका विजेता प्रवृत्ति राई, खोटाङ आईडल तेजकुमार राई, जिल्लाव्यापी खुला लोकगीत प्रतियोगिताका प्रथम पर्शु गजमेर, वेदना राई र युवराज राई लगायतका प्रतिभा जन्माइसकेको छ ।

     

    सम्बन्धित समाचार