मंगलवार, फाल्गुण ४ २०७७
नेपाल वाइड
खोटाङ । फागुन ४, खोटाङमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित छाकालुङ खोलामा ट्याक्टर दुर्घटना हुदाँ खोटेहाङ गाउँपालिका–१ का सञ्जिव खड्काको मृत्यु भएको हो ।
सोल्माबाट दिक्तेलतर्फ फर्कदै गरेको २ त ८५७९ नम्बरको ट्याक्टर दुर्घटना खड्काको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक खड्का शव परिक्षणका लागि जिल्ला अस्पताल पुर्याईएको छ । ट्याक्टरमा सवार अर्का घाईतेको उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्द प्रसाद शाहले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।