Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    ऐसेलुखर्क गाँउपालिकाका दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण

    ऐसेलुखर्क गाँउपालिकाका दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण


    • मंगलवार, फाल्गुण ४ २०७७

    • नेपाल वाइड


    ऐसेलुखर्क गाँउपालिकाका दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण
    विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै कमला भक्त प्रतिष्ठानका प्रतिनिध टेकेन्द्रराज भण्डारी

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाँउपालिकामा रहेका दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । ऐसेलुखर्क गाँउपालिका–३ मा रहेको राष्ट्रिय प्रजातन्त्र निमावि र वालचेतना प्राविलाई कमला भक्त प्रतिष्ठानले एक लाख रुपैया बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो ।

    सोमबार प्रतिष्ठानका प्रतिनिधि टेकेन्द्रराज भण्डारीले दुवै विद्यालयका गरि १ सय ७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । शैक्षिक क्षेत्रको उन्नती प्रगतिका लागि विद्यार्थीका लागि स्कुल व्यागका साथै स्टेशनरी वितरण गरिएको प्रतिनिधि भण्डारीले बताए । ऐशेलुखर्क गाँउपालिकाका उपाध्यक्ष पुस्पकला भुजेल, शिक्षा शाखाका प्राविधिक सहायक धनकुमार खत्री वडा सदस्य दुर्गा श्रेष्ठलगायतको उपश्थितिमा शैक्षिक सामाग्री वितररण गरिएको स्थानिय खेम पुरीले जानकारी दिए ।



    सम्बन्धित समाचार