Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अपराध

    मारेको हूँ तर बलात्कार गरेको छैन : भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका युवकको बयान

    मारेको हूँ तर बलात्कार गरेको छैन : भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका युवकको बयान


    • बुधवार, फाल्गुण ५ २०७७

    • नेपाल वाइड


    मारेको हूँ तर बलात्कार गरेको छैन : भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका युवकको बयान

    काठमाडौँ । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका युवकले बलात्कार नगरेको बयान दिएका छन् । घटनाको १३औँ दिनमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका ७ का दिनेश भट्टले आफूले हत्या गरे पनि बलात्कार भने नगरेको बताएको प्रहरीले स्रोतले जनाएको छ । पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ ।

    घटनाको भएको दिन ती युवक विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–११ मा दिनेश भागरथीको हत्याकै लागि २ बजेर ३० मिनेटमा विद्यालयबाट निस्किएको अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले जनाए ।

    उनी विद्यालयबाट निस्केर माघ २१ गते नातामा दिदीसमेत पर्ने भागरथीको हत्याका लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दिनेशको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पछाडिबाट धकेलेँ ।

    उनी लडेर बेहोस भएपछि घाँटी थिचेर मारेँ, त्यसपछि मोबाइलको ब्याट्री निकालेर फ्याकेँ ।’ फूपुसँगको इबीले भागरथीको हत्या गरेको दिनेशले बताएका छन् । तर के रिसबी थियो भन्नेबारे केही खुलाइएको छैन । अभियुक्त दिनेशलाई आजै प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ । कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।

    १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म विद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी गरेको थियो । त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा भेटिएको थियो । क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

    सम्बन्धित समाचार