Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    केपिलासगढी गाँउपालिकामा पिएनसी घरभेट कार्यक्रम गर्ने तयारी

    केपिलासगढी गाँउपालिकामा पिएनसी घरभेट कार्यक्रम गर्ने तयारी

    गाउँपालिकाभरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

    • शनिवार, फाल्गुण ८ २०७७

    • नेपाल वाइड


    केपिलासगढी गाँउपालिकामा पिएनसी घरभेट कार्यक्रम गर्ने तयारी
    पिएनसी घरभेट कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीका लागि आयोजना गरिएको अभिमुखीकरण गोष्ठी उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरादेवी बन

    खोटाङ । फागुन ८, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले पोष्टनेटल केयर (पिएनसी) घरभेट कार्यक्रम गर्ने तयारी गरेको छ । घर–घरमा पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै आवश्यक स्वास्थ्य सुरक्षाका बारेमा परामर्श प्रदान गर्ने लक्ष्यका साथ गाउँपालिकाले (पिएनसी) घरभेट कार्यक्रम गर्ने तयारी थालेको हो ।

    पिएनसी घरभेट कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि शुक्रबार गाउँपालिकाभरीका ७ वडाका २१ जना स्वास्थ्यकर्मीलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । पिएनसि घरभेट कार्यक्रम गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरादेबी वनले उद्घाटन गरेका थिए ।

    अभिमुखीकरण कार्यक्रममा हरेक स्वास्थ्यचौकीका एक जना प्रमुख र दुई जना नर्सिङ स्टाफ सहभागी भएका छन् । बच्चा र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, आमा र बच्चाको स्वास्थ्यमा खतराका संकेत देखिएमा स्वास्थ्य संस्था जानका लागि परामर्श प्रदान गर्ने, नियमित खोपको मात्रा पुरा गर्नका लागि सरसल्लाह दिनका लागि पिएनसी घरभेट कार्यक्रम सुरु गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शिव राईले बताए ।

    सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनका लागि सुत्केरी भएको २४ घण्टा, ३ दिन र ७ देखि १४ दिनको बिचमा नर्सिङ स्टाफ घरैमा पुग्ने छन् । पिएनसि घरभेटमा हिँडेवापत दुरीको आधारमा नर्सिङ स्टाफलाई खाजा खर्च उपलव्ध गराइने स्वास्थ्य शाखा संयोजक राईले बताए ।

    ‘आमा र नवगजात शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, रगत बगे/नबगेको बारेमा बुझ्ने, खतराका संकेत देखिए तत्काल स्वास्थ्य संस्था जान परामर्श प्रदान गर्नका लागि पिएनसी कार्यक्रम सुरु गर्न लागिएको हो,’ स्वास्थ्य शाखा संयोजक राईले भने, ‘अकालमा हुने मातृ तथा वाल मृत्यु दरमा कमी ल्याउने गाउँपालिकाको उद्धेश्य हो ।’

    सम्बन्धित समाचार