मंगलवार, फाल्गुण ११ २०७७
नेपाल वाइड
खोटाङ । फागुन १०, गायक तथा संगीतकार ईसान बशन्तको अर्को ‘तिम्रो आँखामा बसिसकेँछु’ बोलको गीत सार्वजनिक भएको छ । यसअघि ‘बुद्धम शरणम गच्छामी’ बोलको गीत तथा ‘आफु त हजुर’ बोलको म्यूजिक भिडियो बजारमा ल्याइसकेका गायक ईसानले पुःन अर्को नयाँ ‘लिरिकल’ गीत बजारमा ल्याएका हुन् ।
ईसानकै शव्द र संगीत रहेको ‘तिम्रो आँखामा बसिसकेँछु’ बोलको गीतमा उनलाई गायीका स्मिता दाहालले साथ दिएकी छन् । बिन्दाबासिनी म्यूजिकले बजारमा ल्याएको गीतमा नयाँ पुस्ता तथा युवा पिँडीको मायाँ र प्रेमलाई समेटिएको गायक/संगीतकार ईसानले बताए । ५ मिनेट लामो उक्त गीतमा बिकास चौधरीको एरेञ्ज रहेको छ ।

बिन्दाबासिनी म्यूजिकको यू–टुवमार्फत आईतबार सार्वजनिक गरिएको गीतमा दर्शक श्रोताको भ्यूजको मात्रा बढिरहेको छ । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसानले २०७१ सालदेखि औपचारिकरुपमा सांगीतिक यात्रा सुरु गरेका हुन् । सांगीतिक क्षेत्रमा संघर्षरत गायक इसानले केही समयपछि अर्को नयाँ गीत ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् ।