Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    पर्यटन

    बराहपोखरीमा ल्याइएको डुंगामा झ्याँसको थुप्रो

    बराहपोखरीमा ल्याइएको डुंगामा झ्याँसको थुप्रो

    धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनका ल्याइएका डुंगा परिक्षणमै सिमित

    • बुधवार, फाल्गुण १२ २०७७

    • नेपाल वाइड


    बराहपोखरीमा ल्याइएको डुंगामा झ्याँसको थुप्रो
    बराहपोखरीमा ल्याइएको डुंगामा थुपारिएको झ्याँसको थुप्रो । तस्बिर सौजन्य : बिष्णुकुमार राई

    खोटाङ । फागुन १२, नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको खोटाङको बराहपोखरीमा तीन वर्षअघि डुंगा परिक्षण हुँदा पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा स्थानीय आशावादी थिए । तर, बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनका ल्याइएका डुंगा परिक्षणमै सिमित हुन पुगेको छ ।

    करिब ३३० मिटर लम्वाई र २१० मिटर चौडाई भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्नका लागि २०७४ साल चैत १० गतेदेखि डुंगा सञ्चालनमा ल्याइएको थियो । तर पाईदलले चल्ने तीन वटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा शयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन् ।

    परिक्षणमै सिमित हुन पुगेको डुंगालाई व्यवस्थित र नियमित तरिकाले सञ्चालनका लागि हालसम्म पहल हुन सकेको देखिन्न । पोखरीमा शयर गर्न प्रयोग भइरहेको हुनुपर्ने डुंगा हाल अलपत्र अवस्थामा थन्किएको छ । कतिसम्म भने डुंगामाथि स्थानीयले झ्याँस थुपारेका छन् । कार्यकर्तामुखी बजेट वितरणको परिणाम बराहपोखरीको डुंगा फोहोर फाल्ने भाँडो बन्न पुगेको कांग्रेस नेता बिष्णुकुमार राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

    ‘दीर्घकालिन र परिपक्व योजनाको अभावमा केवल आफ्ना कार्यकर्ताको मुख हेर्दाको परिणाम आज जलविहार होईन, फोहर वुट्यान राख्ने भाँडोको रुपमा यी प्लाष्टिक डुँगाहरु...!,’ जिविसका पुर्वसभापति समेत रहेका राईले प्रश्न गरेका छन्, ‘मेरो त चित्त कटक्क भयो, जुन निकाय वा व्यक्तिबाट लाखौँ वजेट यसका लागि खर्च भयो, यहाँ आएर एक पटक अनुगमन गरे त्यो निकाय वा व्यक्तिको चित्त थामिएला ?’

    यसअघि बराहपोखरीका वडाध्यक्ष टंक मगरले डुंगा सञ्चालन कार्यविधि, नियम र समिति बनाएर ठेक्कामा दिने तयारी भइरहेको बताएका थिए । उचित संरक्षण र संबद्र्धनको अभावमा हालसम्म ओझेलमा रहेको बराहपोखरीको पर्यटन प्रवर्द्धनकालागि आव २०७३/०७४ मा तत्कालिन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईको निर्वाचन क्षेत्र विकास कोषबाट बिनियोजन गरिएको बजेटमध्ये ६ लाख ५० हजारमा भारतबाट एक पटकमा चार जना अट्ने तीन वटा डुंगा ल्याएर जलयात्राको व्यवस्था मिलाइएको थियो । दुई वटा डुंगा बराहपोखरीमा ल्याउनेक्रममा बाटैमा बिग्रिएर मर्मत गरिएको स्थानीय बताउँछन् ।

    सम्बन्धित समाचार