Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गायिका अन्जु विवाह बन्धनमा बाधिँईन्

    गायिका अन्जु विवाह बन्धनमा बाधिँईन्


    • बुधवार, फाल्गुण १२ २०७७

    • नेपाल वाइड


    गायिका अन्जु विवाह बन्धनमा बाधिँईन्

    काठमाडौँ । गायिका अन्जु विवाह बन्धनमा बाधिँएकी छिन् । उनले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् । एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी  गायिका पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् ।

    अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका हुन् । उनको विवाहमा केही आफन्तको मात्र सहभागिता रहेको थियो । थीरसँगको तस्बिर राखेर अञ्जुले प्रणय दिवसमा प्रेम पोखेकी थिइन्। थीरलाई उनले ‘मायालु’ भनेर सम्बोधन गरेकी थिइन् ।

    तस्बिर : सामाजिक सञ्जालबाट

     
     

    सम्बन्धित समाचार