Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    लागू औषध दुर्व्यसन बिरुद्धमा प्रहरी

    लागू औषध दुर्व्यसन विरुद्ध प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम

    लागू औषध दुर्व्यसन विरुद्ध प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम

    अभिभावकलाई पुर्वजानकारी दिन सल्लाह

    • शुक्रवार, फाल्गुण १४ २०७७

    • नेपाल वाइड


    लागू औषध दुर्व्यसन  विरुद्ध प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम

    खोटाङ । फागुन १४, साथीभाईको संगत तथा लहैलहैमा लागेर थाहै नपाई किशोर किशोरी लागूऔषध दुव्र्यसनमा फसिरहेका हुन्छन् । कतिपय अभिभावकलाई आफ्नो सन्तान लागू औषध दुर्व्यसनीमा फसेको अत्तोपत्तै हुन्न । लागू औषध दुव्र्यसनीका कारण व्यक्तीगत जीवन, परिवार, सामाजिक जीवन, आर्थिक विचलनदेखि सामाजिक मान/मर्यादामा समेत अशर पुगिरहेको हुन्छ । कतिपयको त अकालमै मृत्यु समेत हुन पुग्छ ।

    यही तथ्यलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय खोटाङले लागू औषध दुव्र्यसन बिरुद्धमा प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम सुरु गरेको छ । दुर्व्यसनीका कारण समाजमा हुने अपराधिक गतिविधिलाई न्यूनिकरण गर्दै शान्ति स्थापनार्थ जिल्ला प्रहरी कार्यालयले विभिन्न विद्यालयमा पुगेर प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम थालेको हो ।

    लागू औषधको प्रयोगका कारण व्यक्तीको स्वास्थ्य, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा पर्ने प्रतिकूल अशरका विषयमा जानकारी गराएर मावि तहमा अध्ययनरत छात्र/छात्रालाई दुव्र्यसनीबाट टाढा राख्नका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शुक्रबार दिक्तेलको सरस्वती माबिमा प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम गरेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले छात्र/छात्रालाई अपराधबाट बच्ने उपायका बारेमा छात्र/छात्रालाई जानकारी दिएका छन् । डिएसपी चिमरियाले अपराधबाट बच्नका लागि प्लान (पर्मिसन, लोकेसन, एक्टिभिटिज तथा नेम एण्ड नम्बर) का बारेमा अभिभावकलाई पुर्वजानकारी दिन सल्लाह दिए ।

    ‘अपराधबाट बच्नका लागि जोसुकैले प्लान अवलम्बन गर्नु पर्छ । अर्थात पिएलएएन–प्लान !,’ चिमरियाले भने, ‘पि अर्थात आफूभन्दा ठूलाबाट पर्मिसन लिने, एल अर्थात जान लागेको लोकेसनका बारेमा बताउने, ए अर्थात एक्टिभिटिजका बारेमा भन्ने र एन भनेको जहाँ जानेको त्यहाँको नाम र नम्बर भन्ने । यती भयो भने अपराधबाट बच्न सकिन्छ ।’

    अध्ययनले पनि मावि तहमा अध्ययनरत विद्यार्थी सबैभन्दा बढि लागूऔषध दुर्व्यसनमा फसेको देखाएको छ । करेन्ट हार्ड ड्रग युजर्स इन नेपालको २०६९ मा प्रकातिश रिपोर्ट अनुसार मावि तहमा अध्ययनरत ४१.९० प्रतिशत विद्यार्थी लागूऔषध दुव्र्यसनमा फसेको पाइएको छ । यस्तै, २५ वर्षदेखि २९ वर्ष उमेर समुहका युवायुवती बढि लागूऔषध दुर्व्यसनमा फसेको रिपोर्टमा उल्लेख छ । यही तथ्यलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र वडा कार्यालयको सहकार्यमा सरस्वती माबिमा प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम आयोजना गरिएको हो ।

    do not use drogs_police-school photo_daman1.jpg

    प्रहरी–विद्यालय सम्पर्क कार्यक्रममा विद्यार्थीलाई लागू औषध दुर्व्यसनीका विषयमा जानकारी दिँदै डिएसपी नारायणप्रसाद चिमरिया 

    सचेतनामुलक कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत ६० विद्यार्थीको सहभागीता रहेको थियो । सहभागी छात्र/छात्रालाई डिएसपी चिमरियाले लागू औषध, लागू औषध दुव्र्यसनीका कारण हुने असर, लागू औषध दुर्व्यसनीबाट बच्ने उपाय, यौन दुव्र्यवहारबाट जोगिने उपाय लगायतका बारेमा जानकारी दिएका छन् ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले अशल नागरिक बन्नका लागि छात्र/छात्राको ध्यानाकर्षण गराएका छन् । शान्तिपूर्ण एबं सुरक्षित समाजका लागि जिल्ला प्रहरी कार्यालयले स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरेर लागू औषध दुव्र्यसनी विरुद्ध सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । वडाध्यक्ष टंक आचार्यले लागू औषध दुर्व्यसनीबाट बच्ने उपायलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गरे ।

    छोराछोरीलाई लागू औषध दुर्व्यसनीबाट बचाउनका लागि उनीहरुको हरेक क्रियाकलापमा साथीभाई, विद्यालय समय बाहेक अरु बेला व्यातित गर्ने ठाउँ, शारीरिक हाउभाउ, समयको पालना नगर्ने लगायतका बारेमा जानकारी राख्न, आवश्यकताभन्दा बढि पैसा नदिन, खेलकुद, कला तथा सांगीतिक कार्यक्रम लगायतका गतिविधिमा बढी संलग्न गराउन, गलत साथीको संगतमा पर्न नदिन, मद्यपान तथा धुम्रपानको प्रयोगबाट टाढा राख्न, आगू औषध तथा मदिराको असरको बारेमा जानकारी गराउन, छोराछोरीको पढाइ तथा अतिरिक्त क्रियाकलापका बारे स्कुलमा बुझ्न, छोराछोरीसँग पर्याप्त समय विताउने र कुराकानी गर्न अभिभावकलाई प्रहरीको सुझाव छ ।

    सम्बन्धित समाचार