Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बेरोजगार व्यक्तिको सूचीकरण गर्दै खोटेहाङ र जन्तेढुंगा गाउँपालिका

    बेरोजगार व्यक्तिको सूचीकरण गर्दै खोटेहाङ र जन्तेढुंगा गाउँपालिका


    • आइतवार, फाल्गुण १६ २०७७

    • नेपाल वाइड


    बेरोजगार व्यक्तिको सूचीकरण गर्दै खोटेहाङ र  जन्तेढुंगा गाउँपालिका

    खोटाङ । फागुन १६, खोटाङको खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरणको तयारी थालेको छ । स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा योगदान गरिने सय दिन बराबरको न्यूनतम रोजगारीमा आवद्ध भएर सार्वजनिक विकास निर्माणका काममा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिको सूचीकरणको तयारी थालेको हो ।

    गाउँपालिकाले रोजगारीको हक सम्वन्धी ऐन २०७५ तथा सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशन बमोजिम आर्थिक वर्ष २०७८/०७९ का लागि फागुन महिनाभित्र बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन र लाभग्राही परिचय–पत्र लिनका लागि इच्छुक व्यक्तिलाई आग्रह गरेको छ । आफ्नो स्थायी बसोबास रहेको सम्वन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत भएर लाभग्राही परिचय–पत्र लिन सकिने गाउँपालिकाले जनाएको छ । लाभग्राही परिचय–पत्र लिनका लागि नागरिकताको फोटोकपी र एकप्रति फोटो सहित वडा कार्यालयमा निवेदन दिन सकिने गाउँपालिकाले फागुन १३ गते जारी गरेको सूचनामा उल्लेख छ ।

    यस्तै, जन्तेढुंगा गाउँपालिकाले पनि बेरोजगार व्यक्तीको सूचीकरण गर्ने तयारी थालेको छ । रोजगारीको हक सम्वन्धी ऐन २०७५, सो को नियमावली तथा प्रधनामन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७५ (पहिलो संशोधन, २०७७) बमोजिम गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि बेरोजगार व्यक्तीको सूचीकरणको तयारी थालेको हो ।

    आगामी आर्थिक वर्षका लागि न्यूनतम रोजगारीमा संलग्न हुन चाहने विपन्न तथा जीवनयापन जोखिममा परेका १८ देखि ५९ वर्ष उमेर समुहका बेरोजगार नागरिकलाई सूचीकृत हुनका लागि गाउँपालिकाले फागुनभित्र निवेदन पेश गर्न सूचना जारी गरेको छ । बेरोजगार व्यक्तीको सूचीमा समावेश हुन चाहने व्यक्तीले एक–एक प्रति फोटो, नागरिकताको फोकपीका साथ आ–आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्न पाउने व्यवस्था मिलाइएको जन्तेढुंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर शाहले जारी गरेको सूचनामा उल्लेख छ ।

    व्यक्तीगत, पारिवारिक विवरण, आयआम्दानी तथा अन्य पेशा व्यवसाय लगायतका सम्पूर्ण विवरण समेटेर प्रत्येक वडा कार्यालय र रोजगार सेवा केन्द्रमा निवेदन फर्म भर्न सकिने गाउँपालिकाले जनाएको छ । प्राप्त आवेदनका आधारमा अघिल्लो वर्ष बेरोजगारमा सूचीकृत भएका नागरिकको नविकरण एबं छुट भएका व्यक्तीको सहभागीताको सुनिश्चितता गरिने छ ।

    सय दिन बराबरको न्यूनतम रोजगारीमा आवद्ध हुन चाहने बेरोजगार व्यक्तीमा सूचीकृत नागरिकलाई गाउँपालिका भित्रका सडक मर्मत, विद्यालय तथा धार्मिक क्षेत्रको घेराबारा हाल्ने, सडकको टेवा पर्खाल निर्माण, पैदल तथा पर्यटन मार्ग सरसफाई लगायतका काममा खटाउने गरिएको गाउँपालिकाले जनाएको छ ।

    बेरोजगार व्यक्तिको सूचीकरणका लागि खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाले जारी गरेको सूचना 

    Berojgar Suchana .jpg

    सम्बन्धित समाचार