सोमवार, फाल्गुण १७ २०७७
नेपाल वाइड
नारीको जिन्दगी
कुनै एउटा गाउमा धनी ब्यक्ति बस्थे । उनको १ छोरी मात्र थिईन । छोरीले एसईई सकेर पढाइको लागि सहर जाने तयारीमा हुन्छिन । उनको सवै तयारी पूरा गरेर उ बस चढेर सहर जान्छिन । सहर पुग्दा साँझ परि सकेको हुन्छ उ होटल खोज्दै खोज्दै होटल सम्म पुग्छिन र त्यो दिन दिनभरीको बसको यात्राले थकित भएर होटलमै बस्छिन ।
भोलि पल्ट विहानै उठेर कोठा खोज्न हिड्छिन । पहिलो चोटी सहर आएकी उनी कोठा खोज्न धेरै समस्या हुन्छ उसलाई । बल्ल बल्ल धेरै समयलाएर कोठा भेट्छिन । कोठामा सवै ब्यवस्थापन गरि पर्सि पल्ट उ एडमिसनका लागि कलेज जान्छिन । कलेजमा कोहि सँग चिन्जान हुदैन । सहरको कलेजमा पहिलो चोटि गकि उनी चिन्ने त कुरै भएन । आफ्नो एडमिसन गर्न समेत पार नलागे पछि कलेजमा रहेको विश्राम चियरमा गएर बस्छिन ।
उ केही सोचिरहेकी हुन्छिन । तेहि वेला एक युवा तेहि कलेजमा पढाईको लागि पहिलो चोटि कलेजमा पुग्छ । युवाले युवतिलाई देखेर सोध्छ ? मिस सुन्नुन म यश कलेज पहिलो चोटी आएको मलाई यहाँको कलेज प्रमुखसँग भेट गराई दिनुन । ती युवतिले भन्छिन म पनि हजुर जस्तै हो पढ्नको लागि गाउँवाट सहर आएको यता उता हेरे केही पार लाउन सकिन त्यसैले थकित भएर यहाँ बसेको । युवाले भन्छ ए होर त्यसो भए मलाई पनि केही थाहा छैन । आउनु कसैलाई सोधुम्ला नि ।
उनिहरू दुवै खोज्दै खोज्दै कलेज प्रमुख काँहा पुग्छन । कजेल प्रमुखसँग सवै कुरा भए पछि कलेजमा एडमिसन गर्छन ।
केटाले कलेजको गेटमा आएर भन्छ । अँ साचि बोल्न त बोलियो तर हामी विच चिन्जान छैन चिन्जान गरमन ?
केटिले हुन्छ भन्छे र चिनजान हुन्छ । तेतिकैमा उनिहरू आफ्नो–आफ्नो रूम तिर जान्छन् । बेलुकी खाना बनाउदै फेस्बुक चलाउछ केटाले ती युवतिको नाम सर्च गरेर फ्रेन्ड रिक्वाष्ट पठाउँछ ।
नभन्दै युवतीले केहि समय पछि एसेप्ट गर्छिन । फेस्बुक साथिवाट सुरू हुन्छ उनिहरूको प्रेम काहानी केटाले मेसेज पठाउछ सधै बोल्चाल सुरू हुन्छ । केही महिना पछि कलेज आउदा जादा ,बाटोमा भेट्दा, देखि होटलमा कफि खादा बोलेको र फेसबुक साथि देखिको सम्बन्ध प्रेम जोडीको रूपमा पुग्छ ।
उनिहरू गहिरो प्रेममा फसि सकेका हुन्छन । एक दिन ति युवाले युवतिलाई आफ्नो रूममा बोलाएर भन्छ । हेरन म सायद सपनामा त छैन होला तर आज तिमिसँग एउटा कुरा गर्न बोलाको । हामि साच्चिकै मायामा फसिसकेछुम अब तिमिले मेरो कुरा स्वीकारछौ भने बिबाह गरम ?
केटिले उसको एकासी यस्तो कुरा सुनेर अक्न न बक्क हुन्छे मन मननै सोच्चे र भन्छे अहिले सम्म साथ दिएको हुनाले हुन्छ तपाई मलाई स्वीकार्नु हुन्छ भने म के नै भन्छुर ।
उनिहरूको केही समय पछि बिबाह हुन्छ । सम्बन्ध राम्रै हुन्छ रमाउछन बस्छन तर दुई जनाको जीवन चलाउनको लागि पैसाको अभाव हुँदै जान्छ । केही उपाय नभए पछि उनिहरू विच सल्लाह हुन्छ र केही महिना पछि केटो विदेश जान्छ । पैसा कमाउछ पठाउछ, उनिहरूको सम्बन्ध साच्चै सुमधुर हुन्छ ।
तर मन हो या के हो सायद उस्को भाग्यमा तेहि लेखेको थियो होला । एकदिन डिउटीवाट बेलुका रूममा आउँछ दिनभरि काम गरेको थकित शरीर सिरानीमा अडेस लागेर फेसबुक चलाई रहेको हुन्छ । त्यही बेला एउटी केटीको फ्रेन्ड रिक्कोईष्ट आउँछ । केटाले एसेप्ट गर्छ, केटिले सधै मेसेजमा हलो, केछ खबर, कहाँ हो हजुरको घर,के गर्नु हुन्छ, भन्छे तर उस्ले मेसेजको रिप्लाई दिदैन ।
फेरि केही दिन पछि केटिले मेसेज गर्छे, किन नबोल्नु भको बोल्दा के हुन्छ बोल्नुन ?
केटाले सोच्छ बा चिनेको पो होकी बोल्नु परो ।
केटाले मेसेजको रिप्लाई दिन्छ बोलचाल सुरू हुन्छ । सधै उ डिउटी वाट आउँछ मोबाईल हेर्छ तेहि केटिको मेसेज आईरहेको हुन्छ । मेसेजको रिप्लाई गर्छ । सामान्य बोलचालवाट सुरू भएको सम्वन्ध फेरि समयले या भाग्यले हो उ अर्कोतिर मायामा फसिसकेको हुन्छ । अनि फेरि उ दोस्रो बिबाहमा पुग्छ । उ छुट्टीमा घर आउँछ यता श्रीमतिलाई मख्ख बनाउछ र उता अर्कि सग बिबाह गर्न मन्दिर जान्छ बिबाह हुन्छ । केही समय पछि फेरि उ विदेश जान्छ ।
एक दिन रातको १२ बजे कान्छि श्रीमतीलाई मेसेज गर्छ तर बिड्वना कान्छि लाई पठाको मेसेज जेठ्ठी श्रीमती लाई जान्छ ।
सायद राति निदाएको बेला आँखाले नम्बर नियाल्न नसकेको हुनु पर्छ । केटाले फोन गर्छ । जेठ्ठी श्रीमतिले फोन उठाउदिन उसलाई तनाव हुन्छ । यता जेठ्ठी श्रीमतिले था पाई सकेर उ मर्नु न बाच्नु हुन्छे रून्छे कराउछे सायद जिवनमा मान्छेलाई तेति धेरै पीडा हुदैन होला ।
आज म निराश छु, मेरा चेहराका हरेक नशा नशामा आत्माग्लानीका रेशाहरु बहिरहेका छन, लाचार भएको छु । खै कसरी भनौ ? जब तिमी सग बोल्न ओठ खोल्न खोज्छु अनायसै बडेमानको पहाडले थिचेको आभाष हुँन्छ र धरातल भासिएर तल गहिराई सम्म पुग्छ । बिबश छु परिस्थिति सँग घुँडा टेक्न । मेरो आफ्नै प्राण र धड्कन आफै लिलाम गर्दै, बाध्य छु आत्मा बिहिन यो भौतिक शरीर लिएर बाँच्न ।
यसै यस्तै भोगाईका विच श्रीमानलाई पर्खेर बसिरहेकी हुन्छे । समय वित्तै जान्छ । श्रीमानवाट उसले लिएको आश परालमा आगो लागे जस्तै जलेर नष्ट हुन्छ ।
समय यस्तै छ जसरि भएपनि जीवन जिउनु छ । केही समय पछि उ डिभोर्सको लागि वकिल कहाँ पुग्छे । सवै कुरा वकिललाई सुनाउछे वकिलले डिभोर्सको मुद्दा अगाडि बढाई अदालत लिएर जान्छ ।
अदालतले भन्छ श्रीमान् नेपालमा नभएका कारण तपाईको डिबोर्स हुन सक्दैन हामी श्रीमान् लाई झिकाउछौ तयसपछि तपाई लाई खवर गरौला । यो कुरा सुनेर उ निरास हुदै त्यहावाट कोठा फर्किन्छे । डिभोर्सको मुद्दा फैसला हुन नसके पछि उ फेरि आफ्नो जन्मभुमि गाउँ फर्किन्छे । गाउमा आउछे वस्छे आफ्नो जिवनका भोगाईलाई सम्झेर उ एकान्तमा रूने गर्छे ।
समय वित्तै जान्छ विस्तार विस्तार ती कुराहरू विर्सिदै बसि रहेकी हुन्छे । एक दिन फेस्बुकमा एउटा केटा साथि सग चिन्जान हुन्छ । बोल्चाल, भेटघाट,सवै कुरा सेयर गरा गर हुन्छ । त्यो साथिले उस्का जिवनका भोगाईहरूलाई सम्झेर सधै आफ्नो बहिनीको रूपमा हेर्ने गर्छ सम्झाउछ ,बुझाउछ कहिले पनि नकारात्मक सोच्दैन ।
तर केटिले सायद पहिलेको कुरा सम्झेर या अरू केही सोच थियो उ तेतिकै टाढिन्छे दाजु बहिनीको सम्बन्ध त्यती राम्रो हुदैन । हुन पनि हो उस्को दिमागमा पहिलेकै कुरा छ अनि फेरि समय पनि तेस्तै छ । राम्रो सोच लिएर हिडेको मान्छे यो समयले नराम्रै बनाई दिन्छ । फेरि मान्छेलाई सजिलै विश्वास गर्न परि गारो छ । तर विर्सियो भनेर कहिले नसोच्नु तिमिले पराई झै गरेको ब्यवहार सहन नसकेर मोउन मात्र बसेको हुँ । त्यसै तपाईको लागि राम्रो सोच लिएर तपाईको जिवनमा खुसि ल्याउने मान्छेको प्रवेश हुन्छ भने स्वीकार्नु होला ।
उनको जीवनमा यस्तै यस्तै कुराहरूका विच समय वित्दै जान्छ ।
यता नभन्दै श्रीमान् विदेश वाट आएपछि उसलाई अदालत वाट फोन आउँछ । उ गाउवाट आफ्नो डिभोर्सको मुद्दा फैसलाको लागि अदालत जान्छे । अदालतले डिभोर्स गर्दिन्छ र उ डिभोर्स पेपर बोकेर गाउँ फर्किछे । समय यस्तै छ । मनमनै सोच्छे, एउटा सुन्दर चखेवाको जोडी छुटिएर आज मेरो हातमा एउटा डिबोर्स पेपर मात्र छ । आज म यो अवस्थामा छु । समयले मलाई कहाँ पु¥यायो अब म के गरूम तर म हार्ने छैन । मत यो अवस्थामा पुगे तपाईहरू यो अबस्थामा नपुग्नु होला ।
लेखक : मोहन दुलाल दिरूमनपा ५ खोटाङ ।