Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी, ३५ घर जलेर नष्ट

    ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी, ३५ घर जलेर नष्ट


    • मंगलवार, फाल्गुण १८ २०७७

    • नेपाल वाइड


    ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी, ३५ घर जलेर नष्ट

    ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन ३ स्थित दोभान बजारमा सुरु भएको भिषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौँ ।”

    ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए । रासस

    सम्बन्धित समाचार