Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ष्ट्रिय परिचयपत्र

    इलाम नगरपालिकामा भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण

    इलाम नगरपालिकामा भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण


    • बुधवार, फाल्गुण १९ २०७७

    • नेपाल वाइड


    इलाम नगरपालिकामा भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण

    इलाम । इलाम नगरपालिकाका १२ वडामा बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरू हुने भएको छ । राष्ट्रिय परिचय पत्र वितरणको काम इलाम जिल्लामा इलाम नगरपालिकाबाट शुरू हुने भएको हो । नगरका सबै १२ वडामा राष्ट्रिय परिचयपत्रका वितरण गर्न फोटो खिच्नका लागि आवश्यक तयारी सकिएको इलाम नगरपालिकाले जनाएको छ ।

    राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम नागरिकता प्राप्त व्यक्तिलाई राष्ट्रिय परिचय पत्र दिइनेछ । एक दिनमा एक सय २० जनासम्मको फोटो खिच्ने र विवरण लिइने इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । फोटो खिच्नका लागि नागरिकता सक्कलै, विवाहित महिलाको हकमा माइतीकै थर, ठेगानाबाट नागरिकता लिएको भए विवाह दर्ता, बसाईं सरी आउनेले बसाईं सराईको प्रमाण पत्र साथमा लिएर सम्बन्धित वडा कार्यालयमा जानका लागि वडा कार्यालयहरूले सूचना जारी गरेका छन् ।

    सम्बन्धित समाचार