Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय

    आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय


    • बिहिवार, फाल्गुण २० २०७७

    • नेपाल वाइड


    आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय
    फायल तस्बिर

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

    आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ । पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो ।

    सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मेका सिंह २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए । उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए । 

     

    सम्बन्धित समाचार