Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चोरी भएको मुर्ति अमेरिकी सरकारद्धारा नेपाललाई फिर्ता

    चोरी भएको मुर्ति अमेरिकी सरकारद्धारा नेपाललाई फिर्ता


    • शनिवार, फाल्गुण २२ २०७७

    • नेपाल वाइड


    चोरी भएको मुर्ति अमेरिकी सरकारद्धारा नेपाललाई फिर्ता
    चोरी भएको मुर्ति राजदूत डा.युवराज खतिवडालाई हस्तानान्तरण अमेरिकी सरकारका प्रतिनिधि

    काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएको मुर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ । ललितपुरको पाटनबाट हराएको लक्ष्मी-नारायणको मूर्ति राजदूत डा. युवराज खतिवडालाई हस्तानान्तरण गरिएको छ । शुक्रबार अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमकाबीच अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबिआई) का टिमोथी एन ड्युनह्यामले मुर्ति नेपाललाई हस्तान्तरण गरेका हुन् ।

    अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई र डल्लास म्युजियम अफ आर्टको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी-नारायणको मूर्ति फेला परेको थियो। अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो ।

    म्युजियमले मूर्ति गत नोभेम्बर ३० मा एफबीआईलाई हस्तान्तरण गरेको थियो। लक्ष्मी-नारायणको काँस्य मूर्ति (जसलाई वासुदेव-कमलाजासमेत भनिन्छ) १२औँ र १५औँ शताब्दीबीचको पुरातात्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो ।

    नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ। हराएको ६ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो ।

     

    सम्बन्धित समाचार