Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सगरमाथा आरोहण

    बहराइन राजपरिवार सदस्यको टोलीले सगरमाथा आरोहण गर्ने

    बहराइन राजपरिवार सदस्यको टोलीले सगरमाथा आरोहण गर्ने


    • शनिवार, फाल्गुण २२ २०७७

    • नेपाल वाइड


    बहराइन राजपरिवार सदस्यको टोलीले सगरमाथा आरोहण गर्ने

    काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी चैत २ गते बहराइनबाट नेपाल प्रस्थान गर्ने निश्चित भएको जनाएको छ ।

    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत् १३ बहराइनी तथा तीन बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ । टोली विशेष विमानबाट नेपाल आउने छ ।

    सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट टेकस प्रालिमार्फत भइहेको दूतावासले जनाएको छ । सो टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । रासस

    सम्बन्धित समाचार