Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    उन्नत जातको मकैको बीउ वितरण गर्दै दिप्रुङ गाउँपालिकाका

    उन्नत जातको मकैको बीउ वितरण गर्दै दिप्रुङ गाउँपालिकाका


    • शनिवार, फाल्गुण २२ २०७७

    • नेपाल वाइड


    उन्नत जातको मकैको बीउ वितरण गर्दै दिप्रुङ गाउँपालिकाका
    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मकैको बिउ वितरण गरिँदै

    खोटाङ । फागुन २२, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका किसानलाई मकैको बीउ वितरण सुरु गरिएको छ । मकै छर्ने सिजन सुरु हुन लाग्दा बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र काठ्माण्डौंबाट प्राप्त अनुदानबाट किसानलाई उन्नत जातको बीउ बितरण सुरु गरिएको हो ।

    गाउँपालिकाका ७ वडाका किसानलाई मनोकामना–३ र रामपुर कम्पोजिट जातको ४ हजार ३०० केजी मकैको बिउ वितरण गर्ने तयारी गरिएको कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताईन् । बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र र किसानको ५० प्रतिशत लागत सहभागीतामा मकैको बिउ बितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    किसानलाई मकैको बिउ वितरणका लागि बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले ५ लाख ६८ हजार अनुदान उपलव्ध गराएको थियो । वडा–वडाबाट तथ्यांक संकलन गरेर किसानको मागको आधारमा उन्नत मकैको बिउ वितरण सुरु गरिएको कृषि शाखा संयोजक बुढाथोकीले बताईन् । किसानलाई ३ सय केजी हाइब्रिड बीउ भने वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

     

    सम्बन्धित समाचार