Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मौषम

    पहाडी भू–भागमा मेघगर्जनसहित र काठमाडौंमा हल्का वर्षा हुने

    पहाडी भू–भागमा मेघगर्जनसहित र काठमाडौंमा हल्का वर्षा हुने


    • आइतवार, फाल्गुण २३ २०७७

    • नेपाल वाइड


    पहाडी भू–भागमा मेघगर्जनसहित र काठमाडौंमा हल्का वर्षा हुने
    सांकेतिक तस्बिर

    काठमाडौं । आज देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको र स्थानीय वायुको पनि केही प्रभाव रहने महाशाखाले जानकारी दिएको छ । आज देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागसँगै काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए । 

    आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा वागमती र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार