आइतवार, फाल्गुण २३ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २३, दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको भवन शिलान्यास गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा गैरीगाउँमा शनिवार प्रतिष्ठानको भवन शिलान्यास गरिएको हो । स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएको ६ आना जग्गामा निर्माण गरिने भवन दाहाल प्रतिष्ठान केन्द्रीय समितिका सह–अध्यक्ष दुर्गाप्रसाद दाहालले शिलान्यास गरेका हुन् । प्रतिष्ठानको तेश्रो अधिबेसन अगाडि भवन शिलान्यास गरिएको हो ।
करीव एक करोड लगानीमा निर्माण हुने तीन तले भवन निर्माणका लागि नगरपालिकाबाट नक्सा पास भइसकेको दाहाल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले सभाहल, पदाधिकारी कक्षहरु र अतिथि गृह रहने भवन निर्माण गर्न लागेको हो । प्रतिष्ठानका लागि थप चार आना जग्गा पनि निःशुल्क प्राप्त हुने आश्वसन प्राप्त भएको दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका अध्यक्ष मिनकुमार दाहालले बताए ।
दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको अध्यक्षमा पुनः मीनकुमार दाहाल चयन भएका छन् । शनिबार जिल्ला समन्वय समितिको समिक्षलय हलमा भएको दाहाल प्रतिष्ठान शाखा समितिको तेश्रो अधिबेशनबाट दाहाल पुनः अध्यक्षयमा चयन भएका हुन् । अधिबेसनबाट दाहालको अध्यक्षतामा २३ सदस्यीय समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा भोला दाहाल, सचिवमा लिलाबहादुर दाहाल, सह–सचिवमा राजेन्द्र दाहाल र कोषाध्यक्षमा मित्रबहादुर दाहाल छन् ।
यस्तै, सदस्यहरुमा लक्ष्मीप्रसाद दाहाल, तेजबहादुर दाहाल, रत्नबहादुर दाहाल, सुमन दाहाल, शंकरमान दाहाल, अर्जुन दाहाल, रविना दाहाल (सुवेदी), मेघराज दाहाल, लालबहादुर दाहाल, डम्बरबहादुर दाहाल, बलबहादुर दाहाल, हेमलत्ता दाहाल चयन भएका छन् । अन्य बाँकी सदस्य पछि मनोनित गरिने प्रतिष्ठानले जनाएको छ । यस्तै, नइन्द्रकुमार दाहालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरिएको छ । समितिको सदस्यमा शेरबहादुर दाहाल र कुमार दाहाल रहेका छन् ।
संगीतकर्मी र अनुसन्धानकर्ता सम्मानित
दाहाल प्रतिष्ठानले मोफसलमा रहेर सांगीतिक क्षेत्रमा योगदान पु¥याइरहेका संगीतकर्मी, दाहाल समुदायको वंशावली संकलन, गोठ धुप र देवाली कूलपूजा विधि सम्वन्धि खोज अनुसन्धान गर्ने अनुसन्धानकर्तालाई सम्मान गरेको छ । तेश्रो अधिबेसनको अवशरमा प्रतिष्ठानले मोफसलमा रहेर गीत संगीत र गायनका क्षेत्रमा योगदान पु¥याइरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भक्तबहादुर विश्वकर्मालाई नगद पाँच हजारसहित कदर–पत्रले सम्मान गरेको छ । बिश्वकर्मा दृष्टिविहिन भएपनि जिल्लामा बसेर संगीत साधनामा तल्लिन छन् ।
यस्तै, वंशावली संकलन तथा गोठ धुप र देवाली कूलपूजा विधि सम्वन्धि खोज अनुसन्धान गर्ने अनुसन्धानकर्ता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका डम्बरबहादुर दाहाल, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दिम्मा पातेलका ज्ञानेन्द्र दाहाल, हलेसी तुवातुङ नगारपालिका–४ बडहरेका पृथ्वी दाहाल र नन्दबहादुर दाहाललाई नगद पाँच हजारसहित कदर पत्र लेसम्मान गरेको गरिएको छ ।
दाहाल प्रतिष्ठानले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराउने रामबहादुर दाहाल, प्रतिष्ठानको भवनस्थलसम्म पुग्ने मोटरेवल सडक निर्माणका लागि जग्गा उपलव्ध गराउने सुर्यबहादुर राई, राम बजगाइँ, प्रेमबहादुर दाहाल र सरस्वती दाहाललाई सम्मान पत्रले सम्मान गरेको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ८९ वर्षीय जेष्ठ नागरिक मेखबहादुर दाहाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा प्रतिष्ठान केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष कमलप्रसाद दाहाल, उपाध्यक्ष द्रोणचार्य दाहाल, बुद्धिजीवी परिषद सदस्य किशोरकुमार दाहाल, केन्द्रीय सचिवालय सदस्य चिरञ्जीवी दाहाल, केन्द्रीय सचिवालय सदस्य लक्ष्मण दाहाल, केन्द्रीय सदस्यहरु सिताराम दाहाल, हरिकृष्ण दाहाल, बलराम दाहाल, बमबहादुर दाहाल, कम अप विथ हन्ड्रेड निर्देशक समितिका सदस्य रामकुमार दाहाल र रमिता दाहाल (नेपाल) केन्द्रीय लेखा समिति सदस्य अशोक दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल लगायत विभिन्न जिल्लाका शाखा समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।