Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम

    खोटेहाङमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम


    • सोमवार, फाल्गुण २४ २०७७

    • नेपाल वाइड


    खोटेहाङमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम
    लिच्कीराम्चेमा आयोजित दलितसँग गाउँपालिका सम्वन्धी अभिमुखीकरण गोष्ठीमा सहभागी

    खोटाङ । फागुन २४, खोटाङको खोटेहाङ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको छ । समग्र दलित समुदायको उत्थान एबं आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको हो । दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित दलित लक्षित कार्यक्रम अन्तरगत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरिएको हो ।

    चालु आर्थिक वर्ष लिच्कीराम्चे सहित खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । ‘दलितसँग गाउँपालिका’ कार्यक्रम अन्तरगत तीन वटै वडाका दलित समुदायलाई स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनौट, दर्ता र सञ्चालन लगायतको विषयमा जानकारी दिइने छ ।

    यस्तै, दलित परिवारको आर्थिक आय आर्जनमा टेवा पुर्‍याउने लक्ष्य अनुसार १५ जना उद्यमीलाई उत्पादन सामग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम छ । यस बाहेक वडा स्तरीय दलित सञ्जाल गठन, दलित र गैरदलितबीच सहभोज लगायतका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

    लिच्कीराम्चेमा आईतबार आयोजित दलितसँग गाउँपालिका सम्वन्धी अभिमुखीकरण गोष्ठी सोही वडाका दलित महिला सदस्य रेणुका बिकको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण इन्द्र नारथुङगेले गरिरहेका छन् ।

    सम्बन्धित समाचार