Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक {तालिकासहित}

    एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक {तालिकासहित}

    जेठ २६ देखि असार ४ सम्म कक्षा १२ को परीक्षा लिने निर्णय

    • बुधवार, फाल्गुण २६ २०७७

    • नेपाल वाइड


    एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक {तालिकासहित}
    फायल तस्बिर

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

    एसईई परीक्षा तालिका


    त्यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ ।तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ ।

    फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार