बुधवार, फाल्गुण २६ २०७७
नेपाल वाइड
रुपन्देही । २६ फागुन, नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठी रुपन्देही सुरु भएको छ । लुम्बिनी प्रदेश भरिका नगरपालिका प्रमुख उपप्रमुख योजना अधिकृत र ईन्जीनियर सहभागी गोष्ठीको लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ शाहले उदघाटन गरेका छन । उपस्थित प्रदेशभरिका मेयरहरूलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शाहले कोषले लुम्बिनी प्रदेशका नगरपालिकामा विशेष प्राथमिकता दिएर लगानी गर्नुपर्ने वताए ।
नगरको बिकास भनेको सहरमा बिकास भएकोले सबैको ध्यान जानु जरुरी रहेको प्रदेश प्रमुख शाहले बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुस्पराज कडेलले आत्मनिर्भर अर्थतन्त्र बनाउन पालिकाहरुलाई बलियो बनाउनु पर्ने बताए । डा. कडेलले जनप्रतिनिधिहरुलाई कार्यकारीहरुले समयमा सुचना नदिदा राष्ट्रिय योजना आयोग र नगरपालिका बिच समन्यमा समस्या भएको बताए ।
डा. कडेलले योजना ४० करोडको तर बिजेट विनियोजन भने ४० लाख गर्ने यो लगानीको सदुपयोग होकी दुरपयोग हचुवाको भरमा काम नगर्न नगरपालिका प्रमुख कार्यकारी, योजना अधिकृत र ईन्जिनियरलाई भने । संघिय मामिला तथा समान्य बिकास मन्त्रालयका सहसचिब बिष्णु दत्त्त गौतमले नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी ४ वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको वताए ।
पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने सापकोटाले बताए । कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकारले अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यावसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रूपमै स्पष्ट हुनुपर्ने आवश्यकता रहेको बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरूलाई नहिच्किचाउन आग्रह गरे ।
उनले बाहिरी मुलुकका उदाहरण दिँदै नगरपालिकाले आँट गरेर आन्तरिक स्रोत वृद्धि गर्ने खाले आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न नगरपालिका प्रमुखहरुलाई आग्रह गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले ठुला ठुला योजना अघिबढाउन आर्थिक लगानी कम भएको बताउदै ऋण लगानी आबश्यक रहेको बताए ।
उनले नगरका ठुला योजना बनाउनको लागी डिपीआर तयार भैरहेको र तिलोत्तमालाई नमुना नगरपालिकाको रुपमा लैजाने तयारीका साथ काम अघि बढेको बताए । बुटबल उपमहानगरपालिका प्रमुख तगा नगर विकास कोष संञ्चालन समितिका सदस्य शिबराज सुबेदीले नगरबिकाससंग पालिकाहरुको सहकार्यका लागी नियामबली संसोधन को तयारी भैरहेको बताए । नगरबिकास कोषको प्रगति राम्रो भैरहेको बताउदै पालिका संग सहकार्य गरेर अघि बढने बताए ।