Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    झापामा अवैध लागुऔषध अफिमसहित दुई भारतीय महिला पक्राउ

    झापामा अवैध लागुऔषध अफिमसहित दुई भारतीय महिला पक्राउ


    • बुधवार, फाल्गुण २६ २०७७

    • नेपाल वाइड


    झापामा अवैध लागुऔषध अफिमसहित दुई भारतीय महिला पक्राउ

    झापा । झापा मेचीनगर नगरपालिका ६ स्थित न्यु विशाल होटेलबाट दुई केजी अवैध लागुऔषध अफिम दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम मनिपुर स्थायी ठेगाना भएकी ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत पश्चिम बंगाल ठेगाना भएकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्री छन् ।

    लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत झापाबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित समाचार