Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धर्म संस्कृति

    पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिदै

    पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिदै


    • शनिवार, फाल्गुण २९ २०७७

    • नेपाल वाइड


    पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिदै
    फायल तस्बिर

    काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिने भएको छ । आज बिहान ९ बजेपछि साधुसन्त बिदाइको कार्यक्रम राखिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ ।

    साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ । यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेका सामग्री दिएर बिदाइ गरिन्छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ ।

    सम्बन्धित समाचार