Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    खोटाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, समितिले गर्‍यो कक्षा अनुगमन

    खोटाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, समितिले गर्‍यो कक्षा अनुगमन

    खोटाङका १० स्थानीय तहका ४८५ विद्यालयमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा

    • शनिवार, फाल्गुण २९ २०७७

    • नेपाल वाइड


    खोटाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, समितिले गर्‍यो कक्षा अनुगमन
    महेन्द्रोद्धय माबि हलेसीको कक्षा अवलोकन गर्दै राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिको टोली

    खोटाङ । फागुन २८, खोटाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समिति गठन गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमको संयोजकत्वमा १० सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (तथ्यांक, नीति तथा अनुसन्धान शाखा)को गत पुस १२ गतेको प्राप्त पत्र अनुसार राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम कार्यान्वयनका लागि समन्वय र सहजीकरण गर्न बसेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम निर्देशक समितिको बैठकको निर्णय अनुसार शिक्षा विकास तथा समन्वय इकाइको नेतृत्वमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समिति गठन गरिएको हो ।

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिको सदस्यमा शिक्षक महासंघ, गैसस महासंघ, पत्रकार महासंघ, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, स्थानीय तहको शिक्षा शाखा हेर्ने अधिकारी लगायत समेटिएका छन् । हाल खोटाङ सहित मुलुभरका ३८ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भइसकेको छ ।

    चालु आर्थिक वर्षदेखि खोटाङका १० स्थानीय तहका ४८५ विद्यालयमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन सुरु गरिएको हो । वालबिकासदेखि कक्षा ३ सम्मका विद्यार्थीको नेपाली विषय लगायतको पढाइ सीप सुधार गर्ने लक्ष्यका साथ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागू गरिएको हो ।

    पढाइ कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यूएसएडको सहयोगमा वालबिकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई सन्दर्भ सामग्री प्रदान, स्थानीय तहका शिक्षा अधिकृत, सामाजिक बिकास समिति तथा योजना अधिकृतलाई ५ दिनको क्षमता अभिबृद्धि तालिमको प्रवन्ध गरि सकिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका संयोजक शान्ता राईले बताईन् ।

    पाँच विद्यालयको कक्षा अनुगमन

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समिति गठन लगत्तै पाँच विद्यालय तथा कक्षा अनुगमन गरिएको छ । सरस्वती माबि दिक्तेल, जालपा माबि जालपा, ज्योती माबि जालपा, महेन्द्रोद्धय माबि हलेसी र दुर्छिम माबि दुर्छिमको कक्षा अवलोकन गरिएको हो । विद्यालयको समग्र शैक्षिक तथा कक्षा कोठाको सिकाई वातावरण, शैक्षणिक क्रियाकलाप लगायतका विषयमा अवलोकन गरिएको समितिले जनाएको छ ।

    सम्बन्धित समाचार