Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सडक निर्माण

    महुरे–राजापानी सडक निर्माण : कन्ट्र्याक्टरको काम सव–कन्ट्र्याक्टरलाई जिम्मा

    महुरे–राजापानी सडक निर्माण : कन्ट्र्याक्टरको काम सव–कन्ट्र्याक्टरलाई जिम्मा

    आगामी १८ महिनादेखि २४ महिनाभित्र कालोपत्रेका काम पुरा गर्ने लक्ष्य

    • शनिवार, फाल्गुण २९ २०७७

    • नेपाल वाइड


    महुरे–राजापानी सडक निर्माण  : कन्ट्र्याक्टरको काम सव–कन्ट्र्याक्टरलाई जिम्मा
    महुरे–सिमपानी सडक निरिक्षण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल लगायत

    खोटाङ । फागुन २९, खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको मूख्य निर्माण कम्पनीले बाँकी काम सव–कन्ट्र्याक्टरलाई जिम्मा लगाएको छ । गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले सम्झौता म्याद नाघेको ७ महिना बितेपछि बाँकी काम ग्राईन्ड डिजाईन कन्ट्रक्सन प्रालि नेपालगञ्जलाई जिम्मा दिएको हो ।

    कालोपत्रेको काममा चरम ढिलासुस्ती भइरहेको तथा गुणस्तरमाथि प्रश्न उठ्दा आलोचित बनिरहेको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले बिचैमा अर्कै निर्माण कम्पनीलाई सव–कन्ट्र्याक्टमा काम छाडेको हो । करिब अढाई महिनाअघि सव–कन्ट्र्याक्ट गरेको ग्राईन्ड डिजाईन कन्ट्रक्सनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालगायतको उपस्थितिमा फागुन २६ गतेदेखि महुरेबाट काम सुरु गरेको छ ।

    भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका डाइरेक्टर दिपेन्द्रबहादुर शाहीले कालोपत्रेका बाँकी काम ह्याण्डओभर गरेपछि काम सुरु गरिएको ग्राईन्ड डिजाईन कन्ट्रक्सन प्रालिका डाइरेक्टर दिनेशकुमार पुडासैनीले बताउनुभयो । आगामी १८ महिनादेखि २४ महिनाभित्र कालोपत्रेका काम पुरा गर्ने लक्ष्य राखेको ग्राईन्ड डिजाईन कन्ट्रक्सनले जनाएको छ । दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै तराई पुग्ने छोटो दुरीको बाटोमा पर्ने महुरे–राजापानी (सिमपानी) खण्डको कालोपत्रेको काम गत दशैं अघिदेखि नै ठप्प छ ।

    सडक कालोपत्रेको काममा ढिलासुस्ती गरेकामा भारत कन्ट्रक्सन/सिद्धी शाहीबाट करिब साँढे ६ करोड बैंक ग्यारेन्टी तानिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताउनुभयो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

    सम्बन्धित समाचार