Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मौषम

    मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै हल्का वर्षाको सम्भावना

    मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै हल्का वर्षाको सम्भावना


    • आइतवार, चैत्र १ २०७७

    • नेपाल वाइड


    मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै हल्का वर्षाको सम्भावना
    प्रतिकात्मक तस्बिर

    काठमाडौँ । मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो पनि प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार र मंगलबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    चैत्र १ गते (आइतबार) दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहनेछ । वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    चैत्र ०२ गते (सोमबार) दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति :  देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा  रहने छ ।   प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

    चैत्र ०३ गते (मंगलबार) दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    राति :  देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार