आइतवार, चैत्र १ २०७७
नेपाल वाइड
काठमाडौं । खानेपानी संस्थानका अध्यक्षमा गुणाकर भुसाल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भुसालसहित थप पाँच सदस्य नियुक्त गरेको हो । सदस्यहरूमा नीरूकुमारी कुँवर, नारायणी जीसी, रमेश केसी, वासुदेव अर्याल र भद्रपुर नगरपालिकाका मेयर नियुक्त जीवनकुमार श्रेष्ठ भएका हुन् । संस्थानको सञ्चालक समितिका अध्यक्ष पद रिक्त थियो ।