Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    झुठो आरोप लगाउने महिलालाई उल्टै कैद सजाय

    झुठो आरोप लगाउने महिलालाई उल्टै कैद सजाय


    • सोमवार, चैत्र २ २०७७

    • नेपाल वाइड


    झुठो आरोप लगाउने महिलालाई उल्टै कैद सजाय
    फायल तस्बिर

    कर्णाली । सुर्खेत जिल्ला अदालतले बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई उल्टै कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएर बयान बदल्ने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई आज तीन वर्ष छ महिना कैद सजाय सुनाएको हो । 

    अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाका अनुसार झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई उल्टै इजलासले कैद सजाय तोकेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै ती महिलाले गत असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । 

    पुर्पक्षका लागि थुनामा रहेका शर्मालाई अदालतले निर्दोष ठहर गरेको छ । अदालतले सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेको छ । रासस

    सम्बन्धित समाचार