Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    दिक्तेलमा खुल्यो पावर मुभ डान्स स्टुडियो

    दिक्तेलमा खुल्यो पावर मुभ डान्स स्टुडियो

    आर्थिकरुपमा विपन्न तर डान्स सिक्न इच्छुक विद्यार्थीलाई निःशुल्क प्रशिक्षणको व्यवस्था

    • सोमवार, चैत्र २ २०७७

    • नेपाल वाइड


    दिक्तेलमा खुल्यो पावर मुभ डान्स स्टुडियो
    डान्स सेन्टर उद्घाटनकाक्रममा नृत्य गर्दै कलाकार । तस्बिर सौजन्य : संगीता राई

    खोटाङ । चैत २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा डान्स सेन्टर खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका विबोईङ डान्सर जसधन राई (अनिल)ले दिक्तेलबजारमा पावर मुभ डान्स स्टुडियो खोलेका हुन् । नगरपालिकाको पुरानो कार्यालय रहेको घरमा स्थापना गरिएको डान्स सेन्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राईले शनिबार उद्घाटन गरेका हुन् ।

    हिपहप, बि–व्वाय, पपिङ, केपप, जुम्बा, नेपाली कल्चरल, सोलो, हाउस, क्रब लगायतका डान्स सिकाउने लक्ष्यका साथ डान्स स्टुडियो खोलेको पावर मुभ डान्स स्टुडियो सञ्चालक जसधन राईले बताए । ६ महिनाको आधारभुत तथा सोभन्दा बढि अवधिको एडभान्स तालिम सञ्चालन गरिने पावर मुभ डान्स स्टुडियोले जनाएको छ ।

    हाल दैनिक बिहान ५ देखि ६ बजेसम्म, ६ बजेदेखि ७ बजेसम्म तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म डान्स कक्षा सञ्चालन भइरहेको छ । हाल डान्स सिक्ने विद्यार्थीको भर्ना भइरहेको छ । आर्थिकरुपमा विपन्न तर डान्स सिक्न इच्छुक विद्यार्थीलाई निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाइएको जनाइएको छ ।

    जिल्लामा माग अनुसारको डान्स सिकाउने लक्ष्यका साथ डान्स सेन्टर स्थापना गरेको नृत्य प्रशिक्षक रहेका राईले बताए । कार्यक्रम शुभकुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो । जसधन नेपाल डान्स एकेडेमी, ज्योती फिल्म प्रोडक्सन लगायतबाट पुरस्कृत डान्सर हुन् ।

    सम्बन्धित समाचार