Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सामाजिक सन्जालमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

    सामाजिक सन्जालमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ


    • बुधवार, चैत्र ४ २०७७

    • नेपाल वाइड


    सामाजिक सन्जालमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । सामाजिक सन्जाल फेसबुक, वाट्सएप, ई–सेवा, आईएमई पे वालेट दुरुपयोग गरी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ बस्ने सिरहाको लहान घर भएका २३ वर्षीय रन्जित यादव छन् । उनले आफूलाई अमेरिकी नागरिक भन्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सामाजिक सन्जालमार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विश्वास दिलाई पीडितहरुलाई विभिन्न इलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराइदिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार