Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    पर्यटन

    धिप्लुङ झरनाको पर्यटन पुर्वाधार निर्माणका लागि ठेक्का आव्हान

    धिप्लुङ झरनाको पर्यटन पुर्वाधार निर्माणका लागि ठेक्का आव्हान

    धिप्लुङ झरनाको पर्यटन प्रवद्र्धनका लागि आवश्यक संरचना निर्माण गर्न साँढे ६ करोडको डिपिआर तयार

    • बुधवार, चैत्र ४ २०७७

    • नेपाल वाइड


    धिप्लुङ झरनाको पर्यटन पुर्वाधार निर्माणका लागि ठेक्का आव्हान
    धिप्लुङ झरना आसपासमा निर्माण गरिने संरचनाको चित्र

    खोटाङ । चैत्र ४, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा रहेको धिप्लुङ झरनाको पर्यटन पुर्वाधार निर्माणका लागि ५ करोडकोे ठेक्का आव्हान गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको सिमानामा पर्ने १६७ मिटर अग्लो झरनाको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पुर्वाधार निर्माण गर्न गाउँपालिकाले गत चैत १ गते ठेक्का आव्हान गरेको हो ।

    Diplung Jharna 1.jpg

    धिप्लुङ झरना आसपासमा निर्माण गरिने संरचनाको चित्र

    पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र गाउँपालिकासँगको साझेदारीमा धिप्लुङ झरना आसपासमा भौतिक संरचना थप गर्न लागिएको हो । पर्यटन मन्त्रालयको ३ करोड ५० लाख र गाउँपालिकाको १ करोड ५० लाखमा चालु आर्थिक वर्षबाटै धिप्लुङ झरनाको पर्यटन पुर्वाधार निर्माणको काम हुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

    पर्यटन मन्त्रालय र स्थानीय तहको साझेदारीमा धिप्लुङ झरनाको सिरानमा गेट, गेटभित्र पार्किङ स्थल, झरनासम्म झर्ने सिँढि, प्रतिक्षालय, सार्वजनिक शौचालय लगायतका संरचना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । धिप्लुङ झरनाको पर्यटन प्रवद्र्धनका लागि आगामी वर्ष झरनाभन्दा माथि खोला वारपार गर्ने पुल तथा झरनाको दृश्यावलोकनका लागि झरनाकै बिचमा वारिपारी जोड्ने पुल निर्माणको लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । धिप्लुङ झरनाको पर्यटन प्रवद्र्धनका लागि आवश्यक संरचना निर्माण गर्न साँढे ६ करोडको डिपिआर तयार पारिएको छ ।

    Diplung Jharna 3.jpg

    धिप्लुङ झरना आसपासमा निर्माण गरिने संरचनाको चित्र

    सम्बन्धित समाचार