Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राष्ट्रिय जनगणना

    दिक्तेलमा जिल्ला जनगणना कार्यालय स्थापना

    दिक्तेलमा जिल्ला जनगणना कार्यालय स्थापना


    • शुक्रवार, चैत्र ६ २०७७

    • नेपाल वाइड


    दिक्तेलमा जिल्ला जनगणना कार्यालय स्थापना
    दिक्तेलमा स्थापना गरिएको जिल्ला जनगणना कार्यालय

    खोटाङ । चैत ६, राष्ट्रिय जनगणनाका लागि खोटाङको दिक्तेलमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी रुपमा हुने जनगणना अभियान २०७८ अन्तरगत दिक्तेलमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा सात सदस्यीय जिल्ला जनगणना समन्वय समिति गठन लगत्तै दिक्तेलमा ७ जना कर्मचारी रहेको जनगणना कार्यालय स्थापना गरिएको हो ।

    यस्तै, आगामी बैसाख १ गतेदेखि बैसाख ४ गतेसम्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहनेगरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर (जेवी) कोईरालाले बताए ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका कार्यक्षेत्र रहनेगरी हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिका कार्यक्षेत्र रहनेगरी खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा तथा रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका कार्यक्षेत्र रहनेगरी रावाबेँसी गाउँपालिकाको कुभिन्डेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिने जनाइएको छ ।

    दुई चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करिब ३६० जनाको हाराहारीमा जनशक्ती परिचालन गरिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी कोईरालाले बताए । नियुक्त भएका सुपरिवेक्षकले आगामी बैसाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरणको काम गर्ने छन् । यस्तै, गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

    ‘पहिलो चरणमा सुपरिबेक्षकद्धारा प्रत्येक घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका पुरुष, महिलाको संख्य, परिवारको कृषि सम्वन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यवसायीक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सम्वन्धी विवरण संकलन गरिन्छ,’ कोईरालाले भने, ‘दोश्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तीको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिन्छ ।’

    जिल्ला जनगणना कार्यालयका अनुसार राष्ट्रिय जनगणनाका लागि चैत १ गतेदेखि १५ गतेसम्म जनशक्ती व्यवस्थापन, अफलाइन दरखास्त फारम बुझ्ने र अनलाइनमा प्रविष्टी गर्ने, जनगणना सामग्री प्राप्त गर्ने, प्रदेश स्तरिय मुख्या प्रशिक्षकको तालिम सञ्चालन गरिने जनाइएको छ । यस्तै, चैत १५ गतेदेखि असार ८ गतेसम्म प्रचार–प्रसारको काम गरिने कोईरालाले बताए ।

    जिल्ला जनगणना कार्यालयका अनुसार चैत २० गतेसम्ममा सुरपरिबेक्षकको सूची सार्वजनिक गर्ने, चैत १९ गतेदेखि २५ गतेसम्म स्थानीय जनगणना अधिकारी तालिम सञ्चालन गर्ने, चैत २९ र ३० गते स्थानीय जनगणना अधिकारीको नियुक्ती गर्ने, बैसाख १ गतेदेखि ४ गतेको बिचमा स्थानीय जनणनाको कार्यालय स्थापना गर्ने, बैसाख ११ गतेदेखि १५ गतेभित्रमा जनगणना सामग्री स्थानीय तहमा पठाउने, बैसाख १३ गतेदेखि १५ गतेसम्ममा सुपरिवेक्षक नियुक्ती गरी जिम्मेवारी तोक्ने र तालिमको तयारी गर्ने, बैसाख १५ गतेभित्र गणकको प्रारम्भिक सूची सार्वजनिक गर्ने, बैसाख १६ गतेदेखि २२ गतेकोबिचमा सुपरिबेक्षक तालिम आयोजना गर्ने, बैसाख २४ गतेदेखि २५ गतेभित्र सुपरिबेक्षक कार्यक्षेत्रमा पुग्ने, बैसाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरण गर्ने कार्यतालिका तयार गरिएको छ ।

    यस्तै, जेठ १० गतेदेखि १४ गतेसम्ममा गणक नियुक्ती तथा जिम्मेवारी तोक्ने, जेठ १७ गतेदेखि २२ गतेसम्म गणकलाई तालिम दिने, जेठ २४ गते गणक कार्यक्षेत्रमा पुग्ने र जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने, जेठ २५ गतेदेखि असार ८ गतेकै अवधिमा गणनाको अनुगमन तथा सुपरिबेक्षणको काम हुने छ ।

    असार १५ गतेदेखि २० गतेसममा संकलित फारम रुजु गरी बुझ्ने, असार २३ गतेदेखि २७ गतेसम्ममा कन्ट्रोल फाराम इन्ट्रि गर्ने, असार २८ गतेदेखि ३० गतेभित्र संकलित फारम विभागमा पठाउने र असार असान्तमा जनगणनाको कार्यालय बन्द हुने जिल्ला जनगणना अधिकारी कोईरालाले बताए ।

    सम्बन्धित समाचार