Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

    नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने


    • शुक्रवार, चैत्र ६ २०७७

    • नेपाल वाइड


    नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने
    फायल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् ।

    उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पताल कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । पोखरेललाई नर्भिक अस्पतालका  चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएका थिए । 

    फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी छ । उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो ।

    तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी छ । जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए । 

    सम्बन्धित समाचार