Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घाइते महिलालाई जिउँदै पुरेर फरार स्काभेटर अपरेटर पक्राउ

    घाइते महिलालाई जिउँदै पुरेर फरार स्काभेटर अपरेटर पक्राउ


    • शुक्रवार, चैत्र ६ २०७७

    • नेपाल वाइड


    घाइते महिलालाई जिउँदै पुरेर फरार स्काभेटर अपरेटर पक्राउ
    स्काभेटर अपरेटर भीमबहादुर बुढाथोकी

    काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यान्टारमा एक महिलालाई जिउँदै पुरेर फरार भएका स्काभेटर अपरेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमबहादुर बुढाथोकी छन् । उनलाई कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको गड्डाचौकीबाट पक्राउ गरिएको जनाइएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । उनी घटनापछि भारतको हरिद्वार क्षेत्रमा लुकेर बसेको खुलेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले बताए । गएको फागुन तेस्रो साता सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्कँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । घाइते अवस्थामा उनी खाल्टोमा खसेकी थिइन् ।

    त्यति बेला सडक मजदुर भने खाना खान गएका थिए । बुढाथोकीले खाल्टोमा खसेपछि उद्धार गर्नुको साटो माटोले पुरेका थिए । एक बसका यात्रीले स्काभेटरले महिलालाई पुरेको हल्ला गरेपछि मजदुरले खनेर उनको शव निकालेका थिए । चालक भने हल्ला भएपछि फरार भएका थिए । 

    सम्बन्धित समाचार